1 year ago
November 27, 2023
एजेन्सी – गुजरात टाइटन्सका कप्तान हार्दिक पान्ड्या इन्डियन प्रिमियर लिग (आइपिएल) २०२४ मा मुम्बई इन्डियन्स फर्किएका छन् । गुजरातले हार्दिकलाई टोलीमा रिटेन गरेपनि खेलाडी ट्रेडबाट हार्दिक मुम्बई फर्किएका हुन् ।
हार्दिकलाई मुम्बईले २०२२ को मेघा अक्सनमा टोलीबाट फुकुवा गरेको थियो । त्यसै वर्ष उनलाई गुजरातले १५ करोड भारुमा टोलीमा अनुबन्ध गर्दै कप्तान बनाएको थियो । हार्दिकको कप्तानीमा डेब्यू सिजनमै गुजरातले उपाधि जितेको थियो । २०२३ को फाइनलमा चेन्नईसँग पराजित भएको थियो । हार्दिकलाई २०१५ को अक्सनमा मुम्बईले १० लाख भारुमा किनेको थियो ।
त्यसपछि हार्दिकले २०२१ सम्म मुम्बईबाट खेलेका थिए । उनको उत्कृष्ट अलराउन्ड प्रदर्शनको सहयोगमा मुम्बईले २०१५, २०१७, २०१९ र २०२० मा उपाधि जितेको थियो । मुम्बईले हार्दिकलाई फुकुवा गरेपछि पछिल्ला दुबै सिजनमा अपेक्षा अनुसार प्रदर्शन गर्न सकेको छैन ।
उता गतवर्ष अक्सनमा मुम्बईले अष्ट्रेलियाका अलराउन्डर क्यामरन ग्रीनलाई १७ करोड ५० लाख भारु (२८ करोड नेपाली रुपैयाँ) मा किनेको थियो । उनलाई मुम्बईले ट्रेड गर्दै बेंगलोर पठाएको छ । अव ग्रीनले बेंगलोरबाट खेल्ने छन् ।
मुम्बईले हार्दिकलाई भित्र्याउन जोफ्रा आर्चरलाई टोलीबाट फुकुवा गरेको थियो । आर्चरलाई २०२१ को अक्सनमा मुम्बईले ८ करोड भारुमा किनेको थियो । मुम्बईले क्रिस जोर्डन, डुवान यानसन, हृथिक शोकीन, झेय रिचर्डसन, मोहम्मद अर्शद खान, रगाव गोयल, रमनदीप सिंह, राइली मेरेडीथ, सन्दीप वारियर र ट्रिस्टन स्टब्सलाई टोलीबाट फुकुवा गर्दै अक्सनमा पठाएको छ ।
मुम्बईले टोलीमै राखेका खेलाडी :
आकाश माधवाल, अर्जुन तेन्दुलकर, डेवाल्ड ब्रेभिस, ईशान किशन, जेसन बेहरनडोफ, जस्प्रित बुमराह, कुमार कार्तिकेय सिंह, तिलक बर्मा, नेवाल वढेरा, पियुष चवाला, रोहित शर्मा, शाम्स मुलानी, सुर्यकुमार यादव, टिम डेविड र विस्नु विनोद ।
February 10, 2025
एजेन्सी – दक्षिण अफ्रिकाका २६ वर्षीय ब्याटर म्याथ्यु ब्रिट्ज्की ओडीआई डेब्यूमै सर्वाधिक रन बनाउने खेलाडी बनेका छन् । उनले पाकिस्तानमा जारी त्रिकोणात्मक ओडीआई सिरिजमा न्युजिल्यान्डविरुद्ध १ सय ४८ बलमा ११ चौका र ५ छक्कासहित १ सय ५० रनको शतकीय इनिङ खेल्दै विश्व कीर्तिमान बनाए । उनले वेष्टइण्डिजका डेसमन्ड हेन्सले सन् १९७८ मा अष्ट्रेलियाविरुद्ध बनाएको १ […]
February 10, 2025
एजेन्सी – केन विलियम्सनको अविजित शतकको सहयोगमा न्युजिल्याण्डले त्रिकोणात्मक ओडीआई सिरिजमा दक्षिण अफ्रिकामाथि ६ विकेटको सानदार जित हात पारेकोछ । पाकिस्तानको लाहोरमा जित्नलाई ३ सय ५ रनको लक्ष्य पछ्याएको न्युजिल्याण्डले ४८.४ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । विलियम्सनले १ सय १३ बलमा १३ चौका र २ छक्कासहित १ सय ३३ रनको अविजित इनिङ खेले […]
February 10, 2025
धनगढी (हाम्रो खेलकुद)- अर्जुन ट्रफी टोली विजेता सिवाइसी अत्तरियाका विवेक यादव सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन्। विवेकलाई १ लाख रुपैयाँ प्रदान गरिएको छ। प्रतियोगिता अवधिभर उनले १ सय ५२ रन बनाउनका साथै १० विकेट लिएका थिए। दोस्रो भएको फ्रेण्डस युथ क्लब डडेल्धुराका कुशल भुर्तेल उत्कृष्ट बलर र उत्कृष्ट ब्याटर दुवै चिनिए। उनले ५ खेलमा १ […]