2 years ago
November 27, 2023
एजेन्सी – भारतीय युवा ब्याटर शुभमन गिलले इन्डियन प्रिमियर लिग (आइपिएल) मा गुजरात टाइटन्सको कप्तानी गर्ने भएका छन् । हार्दिक पान्ड्या मुम्बई इन्डियन्स फर्किपछि गुजरातले गिललाई कप्तान बनाएको हो ।

गुजरातलाई २०२२ को च्याम्पियन बनाउन गिलले उत्कृष्ट प्रदर्शन गरेका थिए । त्यसवर्ष उनले १६ खेलमा ४ सय ८३ रन बनाएका थिए । २०२३ मा गिलले १७ खेलमा ३ शतक र ४ अर्धशतकसहित कुल ८ सय ९० रन बनाएका थिए । गुजरात फाइनलमा चेन्नईसँग पराजित भएको थियो ।
गतवर्ष फाइनलमा गिल २० बलमा ७ चौकासहित ३९ रन बनाउँदै आउट भएका थिए । स्पिनर रविन्द्र जडेजाको बलमा महेन्द्रसिंह धोनीले उत्कृष्ट स्टम्पिङमा गिल आउट भएका थिए । उक्त खेलको एक प्रमुख टर्निङ प्वाइन्ट थियो ।
गिलले आइपिएल र भारतीय टोली दुबैबाट लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । विश्व क्रिकेटका एक उत्कृष्ट कप्तान केन विलियम्सन टोलीमा भएपनि गिलले कप्तानी जिम्मेवारी पाएका हुन् ।
गुजरातले अल्जारी जोशेफ, दासुन शानका, केएस भरत, ओडेन स्मिथ, प्रदीप सांगवान, शिवम माभी, उर्विल पटेल र यश दयाललाई टोलीबाट फुकुवा गरेका छन् ।
तीव्र गतिका बलर दयाललाई कोलकाता नाइट राइडर्सका रिंकु सिंहले अन्तिम पाँच बलमा जितको लागि ३० रन चाहिँदा गतवर्ष लगातार पाँच छक्का हानेका थिए । त्यहिँ इनिङबाट रिंकुको करिअर टर्निङ प्वाइन्ट बनेको थियो ।
गुजरातमा रहेका खेलाडी :
अभिनव सदारांगानी, बी साई सुदर्शन, दर्शन नाल्कान्डे, डेविड मिलर, जयन्त यादव, जोशुवा लिटिल, केन विलियम्सन, म्याथ्यु वेड, मोहम्मद शामी, मोहित शर्मा, नुर अहमद, आर साई किशोर, राहुल टेवाटिया, राशिद खान, शुभमन गिल, विजय शंकर र रिद्दिमान शाह ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]