default_image

8 months ago

November 27, 2023

जिम्बावेका कप्तान राजाको ह्याट्रिक, नामिबिया विश्वकप नजिक

6697 views

0 Bookmark

एजेन्सी – जिम्बावेका कप्तान सिकन्दर राजाले आइसिसी टि२० विश्वकप अफ्रिका छनोटमा रवान्डाविरुद्ध ह्याट्रिक लिएका छन् । उनको उत्कृष्ट प्रदर्शनमा जिम्बावे १ सय ४४ रनले विजयी हुँदै विश्वकप खेल्ने सम्भावना कायमै राखेको छ ।

जितको लागि २ सय १६ रनको विशाल विजयी लक्ष्य पछ्याएको रवान्डा १८.४ ओभरमा ७१ रनमा अल आउट भयो । सिकन्दर राजाले १९ औं ओभरको दोस्रो बलमा मोहम्मद नादिरलाई २ रनमा बोल्ड, तेस्रो बलमा जिप्पे बिमेनयिमानलाई क्याच र चौथो बलमा रुकिर्जालाई एलबीडब्लू आउट गर्दै ह्याट्रिक पूरा गरे ।

जिम्बावेका राजाले २.४ ओभरमा ३ रन खर्चेर ३ विकेट लिए । रिचर्ड न्गारावले ३ ओभरमा ११ रन खर्चेर ३ र रयान बर्लले २ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको जिम्बावेले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २ सय १५ रन बनाएको थियो । जिम्बावेका ओपनर सिकन्दर राजाले ३६ बलमा ६ चौका र ४ छक्कासहित ५८ रन बनाएका थिए ।

मरुमानीले ३१ बलमा ४ चौका र ३ छक्कासहित ५०, निक वेल्च १८ र सन विलियम्स २२ रनमा आउट भए । रयान बर्ल २१ बलमा ५ चौका र ३ छक्कासहित ४४ रनमा नट आउट रहे ।

जिम्बावे पहिलो खेलमा नामिबियासँग ७ विकेट र युगान्डासँग ५ विकेटले पराजित भएको थियो । जिम्बावेले तान्जानियालाई ९ विकेटले हराएको थियो । ७ टोली सहभागी प्रतियोगिता शीर्ष दुई टोली २०२४ को विश्वकप खेल्ने पाउनेछन् ।

जिम्बावेले विश्वकप खेल्न बाँकी दुबै खेलमा फराकिलो जित हात पार्नुपर्ने हुन्छ । साथै अन्य टोलीको नतिजा र नेटरनरेटमा पनि भर पर्नुपर्छ । जिम्बावेले अव नाइजेरिया र केन्यासँग खेल्न बाँकी छ ।

अर्को खेलमा घरेलु टोली नामिबियाले केन्यालाई ६ विकेटले हरायो । जितको लागि १ सय ५ रनको विजयी लक्ष्य पछ्याएको नामिबियाले १५.२ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो ।

नामिबियाका जेन फ्रेलिंक ४१ बलमा ५ चौका र १ छक्कासहित ५७ रनमा नट आउट रहे । नामिबियाले अव तान्जानिया र नाइजेरियासँग खेल्न बाँकी छ । दुई मध्य एक खेल जिते सोझै विश्वकपमा स्थान बनाउनेछ । दुबै खेल हारेको खण्डमा भने नेटरनरेटमा निर्भर हुनेछ ।

नामिबिया ४ खेलमा ८ अंकका साथ शीर्षस्थानमा छ । केन्या ४ खेलमा ३ मा जित र १ मा हारसहित ६ अंकका साथ दोस्रो स्थानमा छ । जिम्बावे ४ खेलमा २ मा जित र २ मा हारसहित ४ अंकका साथ तेस्रो स्थानमा छ ।

३ खेलमा ४ अंक भएपनि युगान्डा चौथो स्थानमा छ । नाइजेरिया ३ खेलमा ३ अंकका साथ पाँचौं, रवान्डा ४ खेलमा १ अंकका साथ छैटौं र तान्जानिया ४ खेलमा अंक विहीन हुँदै पुछारमा छ ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.