2 years ago
November 28, 2023
काठमाडौं (हाम्रो खेलकुद) – आक्रामक ब्याटर किरण ठगुन्ना र अलराउन्डर नरेन साउदको उत्कृष्ट ब्याटिङमा सुदूरपश्चिम प्रदेशले केपी ओली कप टि२० प्रतियोगितामा नेपाल पुलिस क्लबलाई ४ विकेटले हराएको छ । नेटरनरेटको कारण मधेश सी बाट विजेता बन्दै सेमिफाइनलमा पुगेको छ ।

जितको लागि १ सय ५९ रनको मध्यम विजयी लक्ष्य सुदूरपश्चिमले १८.४ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । सुदुरको जितमा किरण ठगुन्ना ३४ बलमा ४ चौका र २ छक्कासहित ५१ रनमा नट आउट रहे ।
नारायण जोशी ७ बलमा २ चौका र १ छक्कासहित १७ रनमा नट आउट रहे । नारायणले करण केसीलाई विजयी छक्का हानेका थिए ।
एक समय ७.४ ओभरमा ४६-५ को दयनीय अवस्थामा पुगेपनि छैटौं विकेटका लागि किरण र नरेनले ९३ रनको साझेदारी गर्दै जितको आधार तय गरेका थिए । नरेन साउद ३० बलमा ५ चौका र १ छक्कासहित ३९ रनमा आउट भए ।
ओपनर तथा कप्तान राजु रिजाल १६ बलमा ४ चौकासहित १९, गजेन्द्र बोहरा डक, आयुब चन्द ५, बसन्त कार्की १५ र सुरज तिवारी शून्यमा आउट भए । पुलिसका राशिद खानले ४ ओभरमा २७ रन खर्चेर ३ विकेट लिए । सुनिल धमाला र सागर ढकालले १-१ विकेट लिए ।
त्यसअघि पोखरा क्रिकेट रंगशालामा टस जितेर पहिला ब्याटिङ रोजेको पुलिसले २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ५८ रन बनाएको थियो । पुलिसका ओपनर कुशल भुर्तेलले ५१ बलमा ५ चौका र ५ छक्कासहित सर्वाधिक ६७ रन बनाएपनि जितको लागि पर्याप्त भएन । अर्का ओपनर सुनिल धमला ४० बलमा २ चौका र २ छक्कासहित ४२ रनमा आउट भए ।
ओपनर सुनिल र कुशलले पहिलो विकेटका लागि १३.२ ओभरमा १ सय ४ रनको शतकीय साझेदारी गरेका थिए । अर्जुन साउद २०, आरिफ शेख २, दीलिप नाथ ४ र करण केसी ७ रन बनाए ।
सुदुरपश्चिमका विकाश आग्रीले ४ ओभरमा ३७ रन खर्चेर २ विकेट लिए । भोजराज भट्ट र बसन्त कार्कीले १-१ विकेट लिए । सुदूरपहिलो खेलमा मधेशसँग ५८ रनमा अल आउट हुँदै ८ विकेटले पराजित भएको थियो । उक्त लक्ष्य मधेशले ४.४ ओभरमा पूरा गरेको थियो । त्यसैको कारण नेटरनरेटमा माथि रहँदै मधेश सेमिफाइनल खेलेको हो ।
समूह सी मा मधेश, पुलिस र सुदूरको २ खेलमा समान १ मा जित र हारका साथ २-२ अंक रह्यो । मधेशको नेटरनरेट १.४७२, पुलिस १.०८४ र सुदूरपश्चिमको नेटरनरेट माइनस ३.२२९ रन रह्यो ।
यसअघि मधेश सेमिफाइनल हुनुपर्नेमा अन्यथा भएकोमा सच्चाईएको छ, सम्पादक ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]