default_image

2 years ago

November 28, 2023

पुलिसको हारले मधेश सेमिफाइनलमा

2705 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – पोखरामा जारी केपी ओली टि२० कप प्रतियोगितामा नेपाल पुलिस क्लब सुदूरपश्चिम प्रदेशसँग ४ विकेटले पराजित भएसँगै समूह सी बाट नै बाहिरिएको छ । पुलिसको हारले भने मधेश समूह सी को विजेता बन्दै सेमिफाइनलमा पुगेको छ ।

समूह सी मा मधेश, पुलिस र सुदूरको समान २–२ अंक रह्यो । तर नेटरनरेटमा मधेश माथि रहँदै सेमिफाइनलमा पुगेको हो । मधेशको नेटरनरेट १.४७२, पुलिसको १.०८४ र सुदूरपश्चिमको माइनस ३-२२९ रह्यो ।

मधेश पहिलो खेलमा पुलिससँग ५७ रनले पराजित भएको थियो । दोस्रो खेलमा सुदूरपश्चिमलाई ८ विकेटले हराएको थियो । मधेशले सुदूरले दिएको ५९ रनको लक्ष्य ४.४ ओभरमा पूरा गर्दै सेमिफाइनल सम्भावना कायमै राखेको थियो । सुदूरले पुलिसलाई हराएपछि मधेश सेमिफाइनलमा पुगेको हो ।

समूह ए बाट बागमती सेमिफाइनलमा पुगेको थियो । समूह बी बाट एपिएफ सेमिफाइनलमा पुगेको थियो । गण्डकीलाई नेटरनरेटमा पछि पार्दै एपिएफ सेमिफाइनलमा पुगेको थियो । समूह सी बाट मधेश सेमिफाइनलमा पुगेको छ ।

समूह डी बाट भने सेमिफाइनल खेल्ने टोलीको टुङ्गो लाग्न बाँकी छ । समूह डी मा त्रिभुवन आर्मी क्लब, कोशी प्रदेश र मदन भण्डारी स्पोर्ट्स एकडेमी ब्ल्यू छन् । पहिलो सेमिफाइनल खेलमा बागमतीले समूह डी को विजेतासँग खेल्नेछ । दोस्रो सेमिफाइनलमा मधेश र एपिएफ भिड्नेछन् । सेमिफाइनल मंसिर १४ र फाइनल मंसिर १५ मा हुनेछ ।

यो पनि : किरण र नरेनको उत्कृष्ट प्रदर्शनमा सुदूरपश्चिमले पुलिसलाई हरायो

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.