default_image

2 years ago

November 28, 2023

नामिबिया टि२० विश्वकपमा छनोट

8587 views

0 Bookmark

एजेन्सी – घरेलु टोली नामिबियाले आइसिसी टि२० विश्वकप अफ्रिका छनोटमा तान्जानियालाई ५८ रनले हराउँदै विश्वकप २०२४ मा स्थान बनाएकोछ । लगातार पाँचौं जितका साथ तेस्रो पटक विश्वकपमा स्थान बनाएको हो । नामिबियाले यसअघि २०२१ र २०२२ को विश्वकप खेलेको थियो ।

जितको लागि १ सय ५८ रनको विजयी लक्ष्य पछ्याएको तान्जानिया २० ओभरमा ६ विकेट गुमाउँदै ९९ रन बनायो । तान्जानियाका अमल राजिवन ४५ बलमा सर्वाधिक ४१ रन बनाए । नामिबियाका कप्तान जेरार्ड इरास्मसले २ र डेविड विजाले १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नामिबियाले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ५७ रन बनाएको थियो । नामिबियाका जेजे स्मिथ २५ बलमा १ चौका र ४ छक्कासहित ४० रनमा नट आउट रहे ।

नामिबिया ५ खेलमा ८ अंकका साथ शीर्षस्थानमा छ । नामिबियाले अन्तिम खेल नाइजेरियासँग खेल्नेछ । त्यस खेलअघिनै विश्वकपमा स्थान पक्का गरेको हो ।

अव युगान्डा, केन्या र जिम्बावे मध्य एक टोली विश्वकपमा स्थान बनाउनेछन् । जिम्बावेले नाइजेरिया र केन्यासँग खेल्न बाँकी छ । दुबै खेलमा विजयी भएमा जिम्बावेले विश्वकपमा स्थान बनाउने समिकरण देखिन्छ । जिम्बावे नामिबिया र युगान्डासँग पराजित भएपछि कठिन बनेको थियो ।

७ टोली सहभागी प्रतियोगिता सिंगल राउन्ड रोविनमा हुँदा शीर्ष दुई टोली विश्वकप खेल्न पाउनेछन् । नामिबियाले विश्वकप २०२४ मा स्थान पक्का गरेको हो । अव एक टोलीको टुङ्गो लाग्न बाँकी छ ।

टि२० विश्वकप २०२४ मा अमेरिका र वेस्टइन्डिजमा संयुक्त रुपमा आयोजना हुनेछ । सहभागी २० मध्य १९ टोलीको टुङ्गो लागेको छ ।

अमेरिका, वेस्टइन्डिज, अष्ट्रेलिया, इंग्ल्यान्ड, भारत, नेदरल्यान्ड्स, न्युजिल्यान्ड, पाकिस्तान, दक्षिण अफ्रिका, श्रीलंका, अफगानिस्तान, बंगलादेश, आयरल्यान्ड, स्कटल्यान्ड, पपुवा न्युगिनी, क्यानडा, नेपाल, ओमान र नामिबियाले विश्वकपमा स्थान बनाई सकेका छन् ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.