2 years ago
November 28, 2023
एजेन्सी – ग्लेन म्याक्सवेलको विश्व कीर्तिमानी शतकमा अष्ट्रेलियाले तेस्रो टि२० आई सिरिजमा भारतमाथि ५ विकेटको रोमान्चक जित हात पारेको छ । योसँगै अष्ट्रेलिया पाँच खेलको सिरिजमा २-१ ले पछि छ ।

जितको लागि २ सय २३ रनको विशाल लक्ष्य पछ्याएको अष्ट्रेलियाले २० ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । अष्ट्रेलिया मध्यक्रम ब्याटर ग्लेन म्याक्सवेलले ४८ बलमा ८ चौका र ८ छक्कासहित १ सय ४ रनमा अविजित रहे । यो ग्लेन म्याक्सवेलको टि२० आई करिअरको चौथो शतक हो । ग्लेन म्याक्सवेलले टि२० आईमा सर्वाधिक शतकको कीर्तिमान बराबर गरेका छन् ।
उनले भारतीय रोहित शर्माको ४ शतकको कीर्तिमान बराबर गरेका हुन् । म्याक्सवेलको चार मध्य तीन शतक भारतविरुद्ध छ ।
अन्तिम १२ बलमा अष्ट्रेलियालाई ४३ रन आवश्यक थियो । १९ औं ओभरमा अक्षर पटेलले २२ रन खर्चेपछि खेल रोचक बनेको थियो । अन्तिम ६ बलमा अष्ट्रेलियालाई जितको लागि २१ रन चाहिँएको थियो ।
पहिलो बल प्रसिद्ध कृष्णाले म्याथ्यु वेडलाई चौका दिए । दोस्रो बलमा एक रन दिए । बाँकी चार बलमा १६ रन चाहिँएको थियो । तेस्रो बल ग्लेन म्याक्सवेलले छक्का हानेका थिए । त्यसपछि लगातार तीन चौका हान्दै खेल जिताएका थिए ।
कप्तान म्याथ्यु वेड १६ बलमा ३ चौका र १ छक्कासहित २८ रनमा नट आउट रहे । छैटौं विकेटका लागि म्याक्सवेल र वेडले ४० बलमा ९१ रनको साझेदारी गर्दै जित पक्का गराए ।
अष्ट्रेलिया ओपनर ट्रविस हेड १८ बलमा ८ चौकासहित ३५ रनमा आउट भए । आरोन हार्डी १६, जोश इंग्लिस १०, मार्कस स्टोइनिस १७ र टिम डेविड १७ रनमा आउट भए ।

भारतका रवि विश्रोईले ४ ओभरमा ३२ रन खर्चेर २ विकेट लिए । आवेश खान, अक्षर पटेल र अर्शदीप सिंहले समान एक विकेट लिए ।
त्यसअघि गुवाहाटीमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २ सय २२ रन बनाएको थियो । भारतका ओपनर ऋतुराज गायकवाडले ५७ बलमा १३ चौका र ७ छक्कासहित १ सय २३ रनको सानदार शतकीय इनिङ खेलेका थिए । उनको यो अन्तरास्ट्रिय करिअरको पहिलो शतक हो ।
तिलक बर्मा २४ बलमा ४ चौकासहित ३१ रनमा अविजित रहे । चौथो विकेटका लागि ऋतुराज र तिलकले ५९ बलमा १ सय ४१ रनको अविजित साझेदारी गरेका थिए । भारतले ओपनर यशस्वी जैसवाललाई ६ र इशान किशनलाई शुन्यमा गुमाएको थियो । कप्तान सुर्य कुमार यादव २९ बलमा ५ चौका र २ छक्कासहित ३९ रनमा आउट भए ।
अष्ट्रेलियाका जेसन बेहरनडोफ, केन रिचर्डसन र आरोन हाड्लीले १-१ विकेट लिए । भारत पहिलो खेलमा २ विकेट र दोस्रो खेलमा ४४ रनले विजयी भएको थियो । चौथो खेल शुक्रबार र पाँचौं खेल आइतबार हुनेछ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]