2 years ago
November 29, 2023
काठमाडौं (हाम्रो खेलकुद) – आक्रामक हिटर सोनु अन्सारी र तीव्र गतिका बलर श्रवण यादवको उत्कृष्ट प्रदर्शनमा कोशी प्रदेशले केपी ओली टि२० प्रतियोगितामा मदन भण्डारी स्पोर्ट्स एकेडेमी ब्ल्यूलाई ९ विकेटले सहजै हराएको छ ।

जितको लागि ६८ रनको विजयी लक्ष्य पछ्याएको कोशीले ७.४ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्यो । कोशीको जितमा सोनु अन्सारी २२ बलमा ३ चौका र ३ छक्कासहित ३५ रनमा नट आउट रहे । मिनाश थापा ७ बलमा १ चौका र २ छक्कासहित १८ रनमा नट आउट रहे । कप्तान अंकित सुवेदी १७ बलमा २ चौका हान्दै १४ रनमा आउट भए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको मदन भण्डारी स्पोर्ट्स १७.५ ओभरमा ६७ रनमा अल आउट भयो । मदन भण्डारीका अर्जुन रायमाझीले २५ बलमा १ चौका र १ छक्कासहित सर्वाधिक २४ रन बनाए । अभय यादव १० बलमा १ चौका र १ छक्कासहित १० रनमा आउट भए ।
कोशीका श्रवण यादवले ३.५ ओभरमा ८ रन खर्चेर ३ विकेट लिए । कमल खत्री र फिर्दोस अन्सारीले २(२ विकेट लिए । सोनु मण्डल, मिनाश थापा र गौरव कटवालले १–१ विकेट लिए ।
समूह डी बाट यसअघि नै आर्मी सेमिफाइनलमा पुगेको थियो । आर्मीले सेमिफाइनलमा बागमती प्रदेशसँग खेल्नेछ । उता मधेश प्रदेशले एपिएफसँग सामाना गर्नेछ । सेमिफाइनल मंसिर १४ र फाइनल १५ मा हुनेछ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]