default_image

8 months ago

November 29, 2023

जिम्बावेले टि२० विश्वकप गुमाउने उच्च सम्भावना

4377 views

0 Bookmark

एजेन्सी – टेस्ट टोली जिम्बावेले २०२४ मा अमेरिका र वेस्टइन्डिजमा संयुक्तरुपमा आयोजना हुने टि२० विश्वकप गुमाउने सम्भावना उच्च छ । नामिबियामा जारी आइसिसी टि२० विश्वकप अफ्रिका छनोटमा सुरुवाती चार मध्य दुई खेलमा हारपछि जिम्बावेको विश्वकप यात्रा निकै कठिन बनेको छ ।

अफ्रिका छनोटबाट नामिबिया लगातार पाँच जितका साथ विश्वकपमा पुगि सकेको छ । अव केन्या, जिम्बावे र युगान्डा मध्य एक टोलीले विश्वकपमा स्थान बनाउनेछन् । दुबै टोलीले समान दुई खेल खेल्न बाँकी छ । युगान्डा ४ खेलमा ३ मा जित र १ मा हारसहित ६ अंकका साथ दोस्रो स्थानमा छ ।

युगान्डाले आज केन्या र विहीबार रवान्डाविरुद्ध खेल्नेछ । युगान्डा दुबै खेलमा विजयी भएको खण्डमा इतिहासमा पहिलो पटक विश्वकप खेल्नेछ । युगान्डा दुबै खेलमा विजयी हुँदा जिम्बावेको विश्वकप खेल्ने सपना समाप्त हुनेछ ।

युगान्डा दुबै खेलमा विजयी हुँदा १० अंक हुनेछ । जिम्बावेले बाँकी दुई खेल जितेको खण्डमा ८ अंक मात्रै हुनेछ । जिम्बावेले आज नाइजेरिया र केन्यासँग खेल्न बाँकी छ । दुबै जितले मात्रै जिम्बावे विश्वकपमा पुग्न सक्दैन । युगान्डाले कम्तिमा एक खेल हारेको खण्डमा मात्रै नेटरनरेटमा माथि रहँदै विश्वकपमा पुग्न सक्छ ।

त्यसैको कारण जिम्बावेको विश्वकप यात्रा निकै कठिन बनेको छ । जिम्बावे पहिलो खेलमा नामिबियासँग ७ विकेटले पराजित हुँदा दोस्रो खेलमा तान्जानियालाई ९ विकेटले हराएको थियो । त्यस्तै युगान्डासँग ५ विकेटले पराजित हुँदा रवान्डालाई १ सय ४४ रनले हराएको थियो । युगान्डासँगको हार जिम्बावेलाई ठूलो भारी पर्न सक्ने अनुमान गरिएको छ ।

युगान्डा पहिलो पटक विश्वकप नजिक

युगान्डाले केन्या र रवान्डालाई हराए सिधैं विश्वकपमा पुग्नेछ । युगान्डाले हालसम्म विश्वकप खेलेको छैन । केन्या र युगान्डाबीच कुल १२ टि२० आई खेल भएका छन् । जसमा युगान्डा ७ खेलमा विजयी भएको छ । रवान्डासँग १६ खेल खेलेको छ । १६ खेलमा नै युगान्डाले जित हात पारेको छ ।

युगान्डाले गत जुनमा अफ्रिका कन्टिनेन्टल कपमा केन्यालाई तीनै खेलमा हराउँदै उपाधि जितेको थियो । पछिल्ला पाँच खेलमा युगान्डा केन्याविरुद्ध ४ खेलमा विजयी भएको छ । त्यसैको कारण युगान्डाको विश्वकप सम्भावना उच्च हुँदा जिम्बावेको निकै कठिन बनेको छ ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.