2 years ago
November 29, 2023
एजेन्सी – भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) ले मुख्य प्रशिक्षकमा राहुल द्रविडलाई निरन्तरता दिने भएकोछ । उनको सम्झौता विश्वकप २०२३ सँगै सम्पन्न भएको थियो । राहुलले २०२१ देखी भारतको मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हाल्लेका थिए । दुई साता अघि घरेलु मैदानमा सम्पन्न विश्वकपसँगै उनको सम्झौता सकिएको थियो ।

राहुल द्रविडको स्थानमा भिभियस लक्ष्मण मुख्य प्रशिक्षक बन्नसक्ने चर्चा थियो । तर लक्ष्मणले एनसिए नै हेर्ने भएका छन् । द्रविडको प्रशिक्षणमा भारतले आइसिसी विश्व टेस्ट च्याम्पियनसिपको फाइनलमा अष्ट्रेलियासँग २ सय ९ रनले २०२३ मा हारेको थियो ।
त्यस्तै गतवर्ष टि२० विश्वकपको सेमिफाइनलमा इंग्ल्यान्डसँग १० विकेटले पराजित भएको थियो । आइसिसी विश्वकप २०२३ को फाइनलमा अष्ट्रेलियासँग ७ विकेटले पराजित भएको थियो । यस विश्वकपमा भारतले लगातार १० जित र सानदार ब्याटिङ प्रदर्शनले मुख्य प्रशिक्षक द्रविडको पनि तारिफ भएको थियो ।
द्रविडको सम्झौता २०२४ जुन टि२० विश्वकप सम्म रहेको छ । त्यस्तै बिसिसिआईले ब्याटिङ प्रशिक्षक विक्रम राठोर, बलिङ प्रशिक्षकमा पारस म्हाम्बे्र र टि दिलिपलाई फिल्डिङ प्रशिक्षकमा निरन्तरता दिएको छ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]