default_image

2 years ago

November 29, 2023

बंगलादेशविरुद्ध विलियम्सनको शतक

1053 views

0 Bookmark

एजेन्सी – न्युजिल्यान्डका प्रमुख ब्याटर केन विलियम्सनले घरेलु टोली बंगलादेशविरुद्ध पहिलो टेस्ट खेलमा शतक प्रहार गरेका छन् । दोस्रो दिनको खेल सकिँदा न्युजिल्यान्ड पहिलो इनिङमा २६६–८ को अवस्थामा छ । न्युजिल्यान्ड पहिलो इनिङमा ४४ रनले पछिछ ।

केन विलियम्सनले २ सय ५ बलमा ११ चौकासहित १ सय ४ रनको शतकीय इनिङ खेले । उनको यो टेस्ट करिअरको २९ औं शतक हो । ग्लेन फिलिप्स ६२ बलमा ५ चौका र १ छक्कासहित ४२ तथा डर्याल मिचेल ५४ बलमा ३ चौका र १ छक्कासहित ४१ रनमा आउट भए ।

ओपनर टम लाथम २१, डेभन कन्वे १२ र हेनरिक निकोलस १९ रनमा आउट भए । काइल जेमिसन ७ र कप्तान टिम साउथी १ रनमा क्रिजमा छन् । बंगलादेशका ताइजुल इस्लामले सर्वाधिक चार विकेट लिए ।

त्यसअघि पहिलो इनिङमा सिलायटमा टस जितेर पहिला ब्याटिङ रोजेको बंगलादेश ३ सय १० रनमा अल आउट भएको थियो । बंगलादेशका ओपनर मोहम्मद हसन जोयले १ सय ६६ बलमा ११ चौकासहित सर्वाधिक ८६ रनको योगदान दिए । जकिर हसन १२, मेहेदी हसन मिराज २४, नुरुल हसन २९, नाज्मुल हसन सान्टो र मोमिनुल हक ३७–३७ रनमा आउट भए ।

न्युजिल्यान्डका स्पिनर ग्लेन फिलिप्सले सर्वाधिक ४ विकेट लिए । जेमिसन र अजाज पटेलले २–२ विकेट लिए । यी दुई देशबीच दुई टेस्ट खेलको सिरिज हुनेछ । दोस्रो टेस्ट ६ डिसेम्बर देखी ढाकामा सुरु हुनेछ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.