default_image

2 years ago

November 29, 2023

युगान्डा विश्वकप नजिक

5007 views

0 Bookmark

एजेन्सी – युगान्डा आफ्नो क्रिकेट इतिहासमा पहिलो पटक विश्वकप नजिक पुगेको छ । नामिबियामा जारी आइसिसी टि२० विश्वकपमा केन्यालाई ३३ रनले हराउँदै विश्वकप नजिक पुगेको हो । बिहीबार युगान्डाले रवान्डालाई हराएको खण्डमा आफ्नो इतिहासमा पहिलो पटक विश्वकप खेल्नेछ । जिम्बावे छनोटबाट बाहिरिने उच्च सम्भावना भएको छ ।

जितको लागि १ सय ६३ रनको विजयी लक्ष्य पछ्याएको केन्या १९ ओभरमा १ सय २९ रनमा अल आउट भयो । केन्याका कोलिन ओबुयाले ३४, रकिब पटेल २६ र सचिनले २७ रन बनाए । युगान्डाका बिलाल हुसनले ४ ओभरमा ३९ रन खर्चेर ४ विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको युगान्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ६२ रन बनाएको थियो । युगान्डाको जितमा ओपनर सिमोन स्सेसाजीले ५० बलमा ५ चौका र २ छक्कासहित ६० रनमा आउट भए । दीनेश नाकरानी २३ बलमा ६ चौकासहित ४० रनमा नट आउट रहे ।

नामिबिया ५ खेलमा १० अंकका साथ शीर्षस्थानमा रहँदै विश्वकपमा पुगि सकेको छ । युगान्डा ५ खेलमा ४ मा जित र १ मा हारसहित ८ अंकका साथ दोस्रो स्थानमा छ । बिहीबार युगान्डा विजयी हुँदा १० अंकका साथ दोस्रो स्थानमा रहँदै विश्वकप खेल्नेछ । यदि युगान्डा पराजित भएको खण्डमा मात्रै जिम्बावेको विश्वकप सम्भावना खुल्नेछ । युगान्डा अन्तिम खेलमा पराजित हुँदा नेटरनरेटमा भरपर्नेछ ।

जिम्बावे ५ खेलमा ३ मा जित र २ मा हारसहित ६ अंकका साथ तेस्रो स्थानमा छ । केन्या ५ खेलमा ३ मा जित र २ मा हारसहित चौथो स्थानमाछ । जिम्बावे र केन्याबीच बिहीबार खेल हुनेछ । यदि युगान्डा रवान्डासँग पराजित भएको खण्डमा मात्रै जिम्बावे विजयी हुँदा विश्वकपमा पुग्नेछ ।

तर युगान्डा विजयी भएमा जिम्बावेको विश्वकप सम्भावना समाप्त हुनेछ । युगान्डाले रवान्डासँग १६ टि२० आई खेल खेल्दा कुनैपनि खेल हारेको छैन । युगान्डाले यू१९ विश्वकप २००४, २००६ र २०२२ मा खेलेको थियो । सिनियरमा भने हालसम्म कुनैपनि विश्वकप खेलेको छैन ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.