default_image

8 months ago

December 1, 2023

दीपेन्द्रलाई आइपिएलमा किन्न सक्ने पाँच टोली

30037 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका युवा अलराउन्डर दीपेन्द्रसिंह ऐरी इन्डियन प्रिमियर लिग (आइपिएल) २०२४ को अक्सनमा बिक्ने सम्भावना धेरै छ । पछिल्लो समय अन्तर्राष्ट्रिय क्रिकेटमा गरेको प्रदर्शनले उनको सम्भावना बढाएको हो । आइपिएल अक्सन डिसेम्बर १९ मा हुँदैछ ।

आइपिएलले दर्ता हुने खेलाडी हुँदै सर्ट लिष्ट सार्वजनिक गर्न बाँकी छ । सर्टलिष्टमा पर्ने खेलाडी अक्सनमा जानेछन् । यदि सर्ट लिष्टमा छुटेको खण्डमा कुनै फ्रेन्चाइज टोलीको आग्रहमा अक्सनमा राख्नसक्छ ।

दीपेन्द्रले १९ औं एसियाली खेलकुदमा मंगोलियाविरुद्ध ९ बलमै अर्धशतक हानेपछि झनै सम्भावना बढेको हो । उक्त दुर्लभ कीर्तिमान अव कहिल्यै तोडिने छैन । युवराज सिंहको कीर्तिमान तोड्दै उक्त विश्व कीर्तिमानपछि आइपिएलका फ्रेन्चाइज टोलीले दीपेन्द्रलाई टोलीमा किन्न थप आर्कषित भएका छन् ।

एसियाली खेलकुदको क्वाटरफाइनलमा भारतविरुद्ध दीपेन्द्रले शतक बनाएका यशस्वी जैसवाल र कप्तान ऋतुराज गायकवाडलाई आउट गर्दै ४ ओभरमा ३१ रन खर्चेर २ विकेट लिदै बलिङमा राम्रो प्रभाव छाडेका थिए । ब्याटिङमा दीपेन्द्रले भारतविरुद्ध १५ बलमा ४ छक्कासहित ३२ रनको आक्रामक इनिङ खेलेका थिए ।

शिवम दुबेलाई १४ औं ओभरमा दीपेन्द्रले लगातार तीन छक्का हानेका थिए । एसिया कपमा दीपेन्द्रले २५ बलमा ३ चौकासहित २९ रन बनाएका थिए । फ्रेन्चाइज लिगमा पनि दीपेन्द्रले आफ्नो प्रभाव छाडि सकेका छन् । ग्लोबल टि२० क्यानडामा मोन्टिरिएल टाइगर्सलाई च्याम्पियन बनाउन दीपेन्द्रले ब्याटिङ, बलिङ र फिल्डिङ तीनै क्षेत्रमा उत्कृष्ट प्रदर्शन गरेका थिए । टि२० आईमा उनको आकाँडा पनि त्यतिनै राम्रो छ ।

दीपेन्द्रले ५३ टि२० आई खेलमा १ शतक र ७ अर्धशतकसहित कुल १३ सय ४४ रन बनाउनुको साथै २५ विकेट लिएका छन् । आइपिएलमा दीपेन्द्रलाई तल्लोक्रममा स्पिन अलराउन्डरको रुपमा खेलाउने उदेश्यका साथ फ्रेन्चाइज टोलीले किन्ने सम्भावना छ ।
दीपेन्द्रले ब्याटिङ, बलिङ र फिल्डिङ सबैमा विश्वस्तरिय प्रदर्शन गर्दै आएका छन् । १० फ्रेन्चाइज टोलीका सबैको खेलाडी आवश्यकता हेर्दा यी पाँच टोलीले किन्न सक्छन् ।

५.रोयल च्यालेन्जर्स बेंगलोर

बेंगलोरले यसपटक डेविड विल्ली, फिन एलेन, जोश हेजलवुड, माइकल ब्रेसवेल, वानिन्दु हसरंगा र वेन पार्नेललाई टोलीबाट फुकुवा गरेको थियो । ब्रेसवेल र हसरंगा दुबैलाई स्पिन अलराउन्डरको रुपमा टोलीमा राखेको थियो ।

हसरंगा र ब्रेसवेलको विकल्पमा दीपेन्द्रलाई टोलीमा भित्र्याउन सक्छ । बेंगलोरको नजर अक्सनमा तीव्र गतिका बलर मिचेल स्टार्कमा हुनेछ । तर स्टार्कलाई किन्न धेरै टोलीले प्रयास गर्नेछन् । अक्सनमा स्टार्कमाथि धनको वर्षा हुनसक्छ । बेंगलोरले स्टार्कलाई महँगो मूल्य हाल्दा दीपेन्द्रलाई कम मूल्यमा भित्र्याउन सक्छ ।

४.मुम्बई इन्डियन्स

दीपेन्द्रलाई पाँच पटकको च्याम्पियन मुम्बई इन्डियन्सले पनि अक्सनमा मूल्य लगाउन सक्छ । मुम्बईले ३ विदेशी खेलाडी किन्न पाउनेछ । मुम्बईमा प्रमुख स्पिनर टोलीमा छैनन् । तिलक बर्मा पार्टटाइम स्पिनर हुन् । तल्लोक्रम ब्याटिङ मजबुत गराउन दीपेन्द्रलाई विकल्पमा सोच्न सक्छ ।

मुम्बईसँग अक्सनमा खर्च गर्न पाउने रकम १५ करोड २५ लाख भारु मात्रै छ । जसबाट अक्सनमा आफूलाई आवश्यक पर्ने तीन विदेशीसँगै भारतीय खेलाडी पनि किन्नुपर्ने हुन्छ । दीपेन्द्र अफ स्पिनसँगै ब्याटिङ राम्रो गर्ने हुँदा मुम्बईले मूल्य लगाउन सक्छ ।

३. दिल्ली क्यापिटल्स

दिल्ली क्यापिटल्स आइपिएलमा पहिलो नेपाली खेलाडी किन्ने फ्रेन्चाइज टोली हो । २०१८ मा दिल्लीले सन्दीपलाई २० लाख भारुमा किनेको थियो । यस पटकको अक्सनमा दिल्लीले चार विदेशी खेलाडी किन्न पाउनेछ ।

दीपेन्द्रसिंह ऐरी पनि दिल्लीको रोजाईमा पर्न सक्छन् । दिल्लीको घरेलु मैदान फिरोज शाह कोटला स्पिनर सहयोगी मैदान हो । जसले गर्दा दीपेन्द्रलाई किन्नसक्छ । पछिल्लो समय दिल्लीको तल्लोक्रम ब्याटिङ राम्रो हुन सकेको छैन ।

२.कोलकाता नाइट राइडर्स

कोलकाता नाइट राइडर्सले आइपिएलमा दीपेन्द्रलाई अक्सनमा मूल्य लगाउन सक्ने सम्भावना रहन्छ । कोलकाताले डेविड विजा, जोहनसन चाल्र्स, लिटन दास, लोकी फर्गुसन, सकिब अल हसन र टिम साउथीलाई टोलीबाट फुकुवा गरेको थियो । सकिबको राम्रो विकल्प दीपेन्द्र बन्नसक्छन् ।

१.राजस्थान रोयल्स

यस पटक अक्सनमा राजस्थान रोयल्सले नेपाली खेलाडी किन्ने सम्भावना रहन्छ । नेपालले दुई महिना अघि टि२० विश्वकप एसिया क्षेत्र छनोट अघि राजस्थान रोयल्सको एकेडेमीमा गएर अभ्यास गरेको थियो ।

राजस्थान रोयल्सको एकेडेमीसँग अभ्यास खेल समेत खेलेको थियो । जसले गर्दा राजस्थानले नेपाली खेलाडीलाई नजिकबाट हेर्ने मौका पाएको थियो । त्यहाँ प्रभावित पार्ने नेपाली खेलाडीलाई राजस्थानले किन्न खोज्नेछ ।

अर्कोतर्फ नेपालका मुख्य प्रशिक्षक मोन्टी देशाईले राजस्थान रोयल्समा २००८ देखी २०१५ सम्म सहायक प्रशिक्षकको रुपमा काम गरेका थिए । मोन्टीको राजस्थानका प्रशिक्षक, खेलाडी र मालिकसँग राम्रो सम्बन्ध पनि छ ।

मोन्टीको आग्रहमा राजस्थानले दीपेन्द्रसहित अन्य केहि नेपाली खेलाडीलाई किन्नसक्छ । राजस्थानले विदेशी खेलाडीको रुपमा जेसन होल्डर, जो रुट र ओबेद म्याककोेयलाई फुकुवा गरेको थियो ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.