2 years ago
November 30, 2023
एजेन्सी – भारतले दक्षिण अफ्रिका भ्रमणको लागि तीन फरक कप्तानीमा टोली घोषणा गरेको छ । भारतले दक्षिण अफ्रिकासँग डिसेम्बर १० देखी जनवरी ३ सम्म समान तीन टि२०, ओडिआई र दुई टेस्ट खेलको सिरिज खेल्नेछ ।

भारतले सूर्यकुमार यादवको कप्तानीमा टि२० टोली घोषणा गरेको छ । रविन्द्र जडेजा टि२० मा उपकप्तान छन् । तीव्र गतिका बलर दीपक चाहर टि२० आईमा टोलीमा फर्किएका छन् ।
भारतले ओडिआई भने लोकेश राहुलको कप्तानीमा टोली घोषणा गरेको छ । ओडिआई टोलीमा सन्जु स्यामसन र रजत पाटीदारलाई भारतले टोलीमा बोलाएको छ । त्यस्तै युजभेन्द्र चहल पनि भारतीय ओडिआई टोलीमा छन् ।
टेस्ट टोली भने भारतको रोहित शर्माले गर्नेछन् । भारतले रोहित शर्मा र विराट कोहलीलाई टि२० र ओडिआईमा विश्राम दिएको छ । डिसेम्बर १०, १२ र १४ मा भारत र दक्षिण अफ्रिकाबीच टि२० आई सिरिज हुनेछ । डिसेम्बर १७, १९ र २१ मा तीन ओडिआई खेलको सिरिज हुनेछ ।
आइसिसी विश्व टेस्ट च्याम्पियनसिप २०२३ देखी २०२५ अन्तर्गत दुई टेस्ट खेल पनि खेल्नेछ । पहिलो टेस्ट २६ डिसेम्बर र दोस्रो टेस्ट ३ जनवरीमा सुरु हुनेछ ।
दुई साताअघि भारत एकदिवसीय विश्वकपको फाइनलमा अष्ट्रेलियासँग ७ विकेटले पराजित भएको थियो । दक्षिण अफ्रिका पनि सेमिफाइनलमा अष्ट्रेलियासँग ३ विकेटले पराजित हुँदै बाहिरिएको थियो । दुबै टोली उक्त पिडालाई भूलेर २०२४ को टि२० विश्वकपको तयारी गर्न चाहन्छन् ।
भारतको टेस्ट टोली :
रोहित शर्मा (कप्तान), शुभमन गिल, यशस्वी जैसवाल, विराट कोहली, श्रेयस ऐर, ऋतुराज गायकवाड, ईशान किशन, लोकेश राहुल, रविचन्द्रन आश्विन, रविन्द्र जडेजा, शार्दुल ठाकुर, मोहम्मद शिराज, मुकेश कुमार, मोहम्मद शामी, जस्प्रित बुमराह र प्रसिद्ध कृष्णा ।
भारतको ओडिआई टोली :
ऋतुराज गायकवाड, साई सुदर्शन, तिलक बर्मा, रजत पाटिदार, रिंकु सिंह, श्रेयस ऐर, लोकेश राहुल (कप्तान), सन्जु स्यामसन, अक्षर पटेल, वासिन्टन सुन्दर, कुलदीप यादव, युजभेन्द्र चहल, मुकेश कुमार, आवेश खान, अर्शदीप सिंह र दीपक चाहर ।
भारतको टि२० आई टोली
यशस्वी जैसवाल, शुभमन गिल, ऋतुराज गायकवाड, तिलक बर्मा, सूर्यकुमार यादव (कप्तान), रिंकु सिंह, श्रेयस ऐर, ईशान किशन, जितेश शर्मा, रविन्द्र जडेजा, वासिन्टन सुन्दर, रवि विश्रोई, कुलदीप यादव, अर्शदीप सिंह, मोहम्मद शिराज, मुकेश कुमार र दीपक चाहर ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]