default_image

3 months ago

December 1, 2023

नेपालबाट खेलेका १० खेलाडी सम्मिलित आर्मीलाई हराउँदै मधेशले जित्यो ऐतिहासिक उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – मधेश प्रदेशले नेपाली क्रिकेट टोलीबाट खेलेका १० खेलाडी प्लेइङ ११ मा भएको त्रिभुवन आर्मी क्लबलाई ११ रनले हराउँदै केपी ओली कप टि२० प्रतियोगिता उपाधि जितेको छ । यो मधेशले जितेको पहिलो राष्ट्रिय स्तरको प्रतियोगिता समेत हो । जितको लागि १ सय ३६ रनको मध्यम विजयी लक्ष्य पछ्याएको आर्मीले २० ओभरमा ७ […]

13752 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – मधेश प्रदेशले नेपाली क्रिकेट टोलीबाट खेलेका १० खेलाडी प्लेइङ ११ मा भएको त्रिभुवन आर्मी क्लबलाई ११ रनले हराउँदै केपी ओली कप टि२० प्रतियोगिता उपाधि जितेको छ । यो मधेशले जितेको पहिलो राष्ट्रिय स्तरको प्रतियोगिता समेत हो ।

जितको लागि १ सय ३६ रनको मध्यम विजयी लक्ष्य पछ्याएको आर्मीले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय २४ रन बनायो । विवेक यादव १४ बलमा २ चौका र २ छक्कासहित २५ र सोमपाल कामी १५ बलमा १६ रनमा अविजित रहे ।

आर्मीका कप्तान विनोद भण्डारीले ३० बलमा ५ चौकासहित सर्वाधिक ३२ रन बनाए । आर्मीको आजको प्लेइङ ११ मा ओपनर सन्तोष कार्की बाहेक अन्य सबै खेलाडीले नेपाली टोलीबाट खेलेका छन् ।

आर्मीले ओपनर सन्तोष कार्कीलाई पाँचौं ओभरको चौथो बलमा गुमाएको थियो । प्रदीप पासवानको बलमा एलबीडब्लू आउट हुँदै कार्की १३ बलमा ३ चौकासहित आउट भए । मध्यगतिका बलर प्रतिक यादवले नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेललाई आठौं ओभरको तेस्रो बलमा ५ रनमा क्याच आउट गराए ।

११ औं ओभर मधेशको जितको टर्निङ प्वाइन्ट बन्यो । कप्तान हरिशंकर शाहले विनोद भण्डारीलाई पहिलो बलमा एलबीडब्लू आउट गरे । एक बलपछि बसिर अहमद पनि २ रनमा एलबीडब्लू आउट भए । पाँचौं बलमा नेपाली टोलीका विष्फोटक ब्याटर कुशल मल्ल शून्यमा बोल्ड भएपछि आर्मी ११ ओभरमा ५८–५ को अवस्थामा पुगेको थियो । हरिशंकरको अर्को ओभरमा राजेश पुलामी आउट भएपछि आर्मी १२.५ ओभरमा ६४–६ को अवस्थामा पुगेको थियो । भीम सार्की २१ बलमा २ चौका र १ छक्कासहित २२ रनमा आउट भए ।

मधेशका हरिशंकर शाहले ४ ओभरमा १९ रन खर्चेर ४ विकेट लिए । प्रदीप पासवानले ४ ओभरमा २६ रन खर्चेर २ विकेट लिए । प्रतिक यादवले ३ ओभरमा १४ रन खर्चेर १ विकेट लिए ।

त्यसअघि पोखरा क्रिकेट रंगशालामा टस जितेर पहिला ब्याटिङ रोजेको मधेशले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ३५ रन बनाएको थियो । मधेशको जितमा तल्लोक्रमका ब्याटर विशाल पटेलले ३२ बलमा ३ चौका र ३ छक्कासहित सर्वाधिक ४९ रनको अविजित इनिङ खेलेका थिए ।

ओपनर हरिशंकर शाह २१ बलमा ३ चौका र २ छक्कासहित २७, अनिलकुमार शाह ६, इमरान शेख ८, पवन सरार्फ ९, मयन यादव ३, हिमान्शु दत्त १४ र विशाल शुश्लिङ १० रनमा आउट भए ।

आर्मीका साहब आलमले ३ ओभरमा ५ रन खर्चेर ३ विकेट लिए । विवेक यादवले ४ आभरमा ३० रन खर्चेर ३ विकेट लिए । सोमपाल कामी र बसिर अहमदले १–१ विकेट लिए । मधेशले समूह चरणमा पुलिसलाई नेटरनरेटले पछि पार्दै सेमिफाइनल खेलेको थियो ।

सेमिफाइनलमा नेपाल एपिएफ क्लबलाई हराउँदै फाइनलमा स्थान बनाएको थियो । मधेशले कुनैपनि प्रतियोगिता जितेको यो पहिलो पटक हो । देश प्रदेश संरचनामा गएपछि मधेशले यसअघि कुनैपनि प्रतियोगिता फाइनल समेत खेल्न सकेको थिएन ।

March 3, 2024

नेपाल आउने आयरल्यान्ड वल्भ्सको टोली घोषणा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल भ्रमण आउन लागेको आयरल्यान्ड वल्भ्सको टोली घोषणा भएको छ । आयरल्यान्डको ए टोलीलाई वल्भ्सको नामले चिनिन्छ । क्रिकेट आयरल्यान्डले निल रकको कप्तानीमा ८ खेल खेल्न नेपाल आउने १५ सदस्यीय टोलीको घोषणा गरेको हो । टोलीमा सिनियर टोलीबाट खेलिसकेका ९ खेलाडी समावेश छन् । कप्तान निल रकसँगै ग्यारेथ डेल्नी, जेम्स मक्कोलम, […]

March 3, 2024

आयरल्यान्ड ‘ए’ ले नेपालमा ८ खेल खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – टेस्ट राष्ट्र आयरल्यान्डको ‘ए’ टोलीसँग नेपालको राष्ट्रिय टोली र ए टोलीले ८ खेल खेल्ने भएका छन् । मार्च २४ देखि अप्रिल ७ सम्म आयरल्यान्ड टोली नेपाल भ्रमणमा रहनेछ । यसक्रममा टोलीले नेपालको सिनियर टोलीसँग २ टि२० खेल्नेछ । त्यसबाहेक नेपाल ‘ए’ टोलीसँग ३-३ एकदिवसीय र टि२० खेल हुनेछ । जुनमा हुने […]

March 3, 2024

यूएईको लगातार दोस्रो हार

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी विश्वकप लिग-२ अन्तर्गत यूएईले घरेलु मैदानमा लगातार दोस्रो हार बेहोरेको छ । आइतबार दुबईमा स्कटल्यान्डसँग ८ विकेटले हारेसँगै यूएईले लिग-२ मा बिर्सनलायक सुरुवात गरेको हो । यसअघि क्यानडाले पहिलो खेलमा यूएईलाई ३ विकेटले हराएको थियो । यूएई पहिलो ब्याटिङ गर्दै ४५ ओभरमा मात्र १ सय ३२ रन जोड्दै अलआउट भएको […]

Success

Thank you for your time.