default_image

2 years ago

December 2, 2023

‘हामीले जिल्ला र प्रदेशलाई केहि गर्न खोजेका छौं, प्रदेश सरकारले खेलाडीलाई हेर्नुपर्छ’

1423 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका युवा विकेटकिपर अनिलकुमार शाहले आफूहरुले जिल्ला र प्रदेशलाई केहि गर्न खोजेको हुँदा प्रदेश सरकारले खेलाडीहरुलाई हेर्दिनु पर्ने बताएका छन् । शुक्रबार केपी ओली कपको फाइनलमा नेपाली क्रिकेट टोलीका खेलाडीको बाहुल्यता रहेको आर्मीलाई हराउँदै उपाधि जितेपछि अनिलले उक्त प्रतिक्रिया दिएका हुन् ।

‘हामीलाई चुनौतीपूर्ण थियो । विभागीय टोली भन्दा युवा खेलाडीको मनोबल केहि दबाबमा हुने गर्दछ । टि२० मा जसले राम्रो खेल्छ त्यसैले जित्ने हो । म, पवन र हरिको अनुभवले काम गर्यो’, जितपछि अनिल शाहले भने ।

मधेशले फाइनलमा आर्मीलाई ११ रनले हराउँदै उपाधि जितेको थियो । प्रदेश संरचनामा गएपछि मधेशले जितेको यो कुनैपनि प्रतियोगिता पहिलो उपाधि थियो । प्रदेश बलियो बनाउन सरकारले पनि केहि गर्नुपर्ने उनी बताउँछन् ।

सबै विभागीय टोलीमा प्रदेशकै खेलाडी हुनुन्छ । वहाँहरु आर्थिक रुपमा बलियो हुन त्यहाँ जानुहुन्छ । हामी पनि त्यसैको लागि गएका हौं । फर्किएर आएका छौं । प्रादेशिक सरकारले हामीलाई पनि हेर्दिनुपर्छ । आर्थिक रुपमा सुरक्षा पाएमा हामी पनि विभागीय टोलीमा जादैनौं । हामी प्रदेश र जिल्लालाई केहि गर्न खोजेका छौं । त्यसमा प्रदेश सरकारले पनि अलिकति चासो दिनुपर्यो’, उनले भने ।

अनिलले सुरुवातमा मधेशबाट क्रिकेट खेलेका थिए । तर यू–१९ हुँदै नेपाली टोलीमा परेपछि अनिलले नेपाल एपिएफ हुँदै नेपाल पुलिस क्लबबाट क्रिकेट खेलेका थिए । त्यहाँ छाडेर २०२२ देखी प्रदेशबाट खेल्न लागेका छन् । पवन सरार्फ पनि एपिएफ हुँदै पुलिस छाडेर मधेश फर्किएका हुन् । तर युवा ब्याटर विवेक यादव यसै प्रतियोगिता देखी मधेश छाडेर आर्मी गएका थिए ।

यस टिमलाई निरन्तरता दिन प्रदेशको आफ्नै क्यालेन्डर हुनुपर्ने अनिल बताउँछन् ।’ प्रदेशको आफ्नै क्यालेन्डर हुनुपर्यो । जिल्ला र क्लबको क्रिकेट जतिहुन्छ त्यतिनै राम्रो हो । विभागीय टोलीमा अन्य खेलहरु खेलेका हुन्छन् । प्रदेशका खेलाडीहरु वर्षमा एउटा प्रतियोगिता खेल्नुपर्छ । हाम्रो प्रदेशमा धेरै खेलाडीहरु छन् । हाम्रा ८ जिल्लामै क्रिकेट हुन्छ । सबैमा एकदमै क्रिकेटको क्रेज छ’, उनले भने ।

कुनैपनि खेलाडीलाई प्रदेशमा बसेर खेल्न कठिन अवस्था र चुनौती छ । सबै प्रदेशका खेलाडी विभागीय टोलीमा अनुबन्ध हुन चाहन्छन् । तर मधेशबाट अनिल र पवनले विभाग छाडेर प्रदेश फर्किएका हुन् ।

‘प्रदेशमा रहेर क्रिकेट खेल्न एकदमै चुनौतीछ । हाम्रो लागि प्रदेशमा केहि पनि छैन । हामी यहाँ आउदा क्याम्प, छनोट केहिपनि थिएन । पुरानै टिम खेल्न आएका थियौं । खेलहरु र आर्थिक रुपमा सुरक्षा भएमा अनिमात्रै राम्रो गर्नसक्छौं’, उनले भने ।

अनिलले पछिल्लो समय राम्रो प्रदर्शन गरेका छन् । एपिएफलाई सेमिफाइनलमा हराउन ३६ बलमा २ चौका र ६ छक्कासहित ५७ रनको योगदान दिएका थिए । अनिलले नेपालबाट २०१८ मा नेदरल्यान्ड्सविरुद्ध ऐतिहासिक ओडिआई खेल नै खेल्ने मौका पाएका थिए । उनले नेपालबाट ४ ओडिआई र १ टि२० आई खेल खेलेका छन् ।

‘छनोटको दबाब हुन्छ । त्यसलाई साइडमा राखेर जे हुन्छ हुन्छ । म आफ्नो उत्कृष्ट दिन चाहन्छु । मोन्टी सर आउनु भएको छ । कोहि खेलाडीले राम्रो गरेको छ भने मोन्टी र पारस दाईले पक्कै हेर्नुहुन्छ । त्यो वहाँहरुको पार्टहो । हामी मिहिनेत गर्दै राम्रो प्रदर्शनमा ध्यान दिनुपर्छ’, उनले भने ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.