default_image

2 years ago

December 5, 2023

यू-१९ एसिया कप : नेपालको खेल तालिका, समय, लाइभ लगायत सम्पूर्ण जानकारी

33210 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा टोलीले युएईमा हुने एसिसी यू–१९ एसिया कप खेल्दैछ । एक महिनापछि दक्षिण अफ्रिकामा हुने आइसिसी यू-१९ विश्वकप तयारीको लागि एसिया कप हुन लागेको हो ।

नेपालले एक महिना अघि मलेसियामा सम्पन्न एसिसी यू–१९ प्रिमियर कपको उपाधि जित्दै एसिया कपमा स्थान बनाएको थियो । नेपालले गत फागुनमा घरेलु टोली युएईलाई हराउँदै २०२४ जनवरी फेब्रुअरीमा हुने यू–१९ विश्वकपमा स्थान बनाएको थियो ।

अघिल्लो महिना सम्पन्न यू१९ प्रिमियर कपबाट नेपालसहित उपविजेता युएई र तेस्रो स्थानमा रहेका जापानले पनि यू१९ एसिया कप खेल्नेछन् । जापानले पहिलो पटक एसिया कप खेल्नेछ । युएईमा हुने एसिया कपको बारे सम्पूर्ण जानकारी यस प्रकार छ ।

मिति : प्रतियोगिता मंसिर २२ देखी पुष १ गतेसम्म (डिसेम्बर ८ देखी १७) हुनेछ ।

स्थान : दुबईको आइसिसी एकेडेमी ओभल-१ र २ मैदानमा हुनेछ ।

समूह ए : नेपाल, भारत, पाकिस्तान र अफगानिस्तान

समूह बी : युएई, जापान, बंगलादेश र श्रीलंका

नेपालको खेल तालिका –

मंसिर २२ (डिसेम्बर ८) – नेपाल र पाकिस्तान

मंसिर २४ (डिसेम्बर १०) – नेपाल र अफगानिस्तान

मंसिर २६ (डिसेम्बर १२) – नेपाल र भारत

मैदान: नेपालबा सबै खेल आइसिसी एकेडेमी ओभल २ मा खेल हुनेछन् ।

मंसिर २९ (डिसेम्बर १५) – सेमिफाइनलका दुबै खेल हुनेछन् । समूह ए को विजेताले समूह बी को उपविजेतासँग खेल्नेछ । समूह बी को विजेताले समूह ए को उपविजेतासँग खेल्नुपर्ने हुन्छ ।

पुष १ (डिसेम्बर १७) – फाइनल खेल हुनेछन् ।

सबै खेल नेपाली समय अनुसार बिहान ११ : १५ मा सुरु हुनेछन् । युएईको समय अनुसार भने बिहान ९ : ३० मा सुरु हुनेछ ।

लाइभ – सबै खेलको लाइभ एसिसीले आफ्नो युटुब च्यानलबाट गर्नेछ ।

पिच कन्डिसन – आइसिसी ओभल एकेडेमी दुबै मैदानमा तीव्र गतिका बलरलाई बढी फाइदा पुग्ने गर्दछ । हरियो दुबो बढी हुँदा तीव्र गतिका बलरले बढी फाइदा उठाउने गर्दछन् ।

नेपालको यू१९ एसिया कप २०२३ खेल्ने टोली :

देव खनाल (कप्तान), अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपक डुम्रे (विकेटकिपर), हेमन्त धामी, गुलशन झा, दीपेश कंडेल, विशाल विक्रम केसी, सुभाष भण्डारी, दीपक बोहोरा, उत्तम थापा मगर (विकेटकिपर), विपिन रावल (विकेटकिपर), तिलक राज भण्डारी, आकाश चन्द र दीपक बोहरा ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.