default_image

8 months ago

December 7, 2023

युएईले अफगानिस्तानसँग सिरिज खेल्ने

3524 views

0 Bookmark

एजेन्सी – युएईले टेस्ट टोली अफगानिस्तानसँग सिरिज खेल्ने भएको छ । अफगानिस्तान क्रिकेट बोर्डले युएईसँग दुई एकदिवसीय अभ्यास खेल र तीन टि२० आई खेलको सिरिज खेल्ने घोषणा गरेको छ ।

अभ्यास र तीन टि२० आईका खेलहरु शाहजाहमा हुनेछन् । पहिलो र दोस्रो अभ्यास खेल २५ डिसेम्बर र २७ डिसेम्बरमा हुनेछ । तीन टि२० आई खेलको सिरिज भने डिसेम्बर २९, ३१ र जनवरी २ मा हुनेछ ।

युएई एक महिना अघि आइसिसी टि२० विश्वकप एसिया क्षेत्र छनोटको सेमिफाइनलमा मुलपानी क्रिकेट मैदानमा नेपालसँग ८ विकेटले पराजित हुँदै २०२४ को जुनमा हुने विश्वकप खेल्न पाएको थिएन । उक्त प्रतियोगिताबाट बाहिरिएपछि युएईले पहिलो प्रतियोगिता खेल्न लागेको हो ।

अफगानिस्तान गतवर्ष पनि युएईसँग टि२० आई सिरिज खेल्न आएको थियो । त्यो समय युएईले सिरिज २–१ ले गुमाएको थियो । २०२३ मा युएईले न्युजिल्यान्डसँग पनि तीन टि२० आई खेलको सिरिज खेलेको थियो । त्यसमा तीन खेलको सिरिज २–१ ले गुमाएको थियो ।

विश्वकप गुमाएपछि अव युएई सिरिज र आइसिसी विश्वकप लिग–२ मा ब्यस्त हुनुपर्ने हुन्छ । आइसिसी विश्वकप लिग–२ मा नेपाल, युएई, स्कटल्यान्ड, नेदरल्यान्ड्स, ओमान, अमेरिका, क्यानडा र नामिबियाले प्रतिस्पर्धा गर्नेछन् । नेपालले भने आगामी फेब्रुअरीमा नामिबिया र नेदरल्यान्ड्ससँग टियुमा खेल्दै लिग २ को सुरुवात गर्नेछ ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.