2 years ago
December 7, 2023
एजेन्सी – युएईले टेस्ट टोली अफगानिस्तानसँग सिरिज खेल्ने भएको छ । अफगानिस्तान क्रिकेट बोर्डले युएईसँग दुई एकदिवसीय अभ्यास खेल र तीन टि२० आई खेलको सिरिज खेल्ने घोषणा गरेको छ ।

अभ्यास र तीन टि२० आईका खेलहरु शाहजाहमा हुनेछन् । पहिलो र दोस्रो अभ्यास खेल २५ डिसेम्बर र २७ डिसेम्बरमा हुनेछ । तीन टि२० आई खेलको सिरिज भने डिसेम्बर २९, ३१ र जनवरी २ मा हुनेछ ।
युएई एक महिना अघि आइसिसी टि२० विश्वकप एसिया क्षेत्र छनोटको सेमिफाइनलमा मुलपानी क्रिकेट मैदानमा नेपालसँग ८ विकेटले पराजित हुँदै २०२४ को जुनमा हुने विश्वकप खेल्न पाएको थिएन । उक्त प्रतियोगिताबाट बाहिरिएपछि युएईले पहिलो प्रतियोगिता खेल्न लागेको हो ।
अफगानिस्तान गतवर्ष पनि युएईसँग टि२० आई सिरिज खेल्न आएको थियो । त्यो समय युएईले सिरिज २–१ ले गुमाएको थियो । २०२३ मा युएईले न्युजिल्यान्डसँग पनि तीन टि२० आई खेलको सिरिज खेलेको थियो । त्यसमा तीन खेलको सिरिज २–१ ले गुमाएको थियो ।
विश्वकप गुमाएपछि अव युएई सिरिज र आइसिसी विश्वकप लिग–२ मा ब्यस्त हुनुपर्ने हुन्छ । आइसिसी विश्वकप लिग–२ मा नेपाल, युएई, स्कटल्यान्ड, नेदरल्यान्ड्स, ओमान, अमेरिका, क्यानडा र नामिबियाले प्रतिस्पर्धा गर्नेछन् । नेपालले भने आगामी फेब्रुअरीमा नामिबिया र नेदरल्यान्ड्ससँग टियुमा खेल्दै लिग २ को सुरुवात गर्नेछ ।
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिगको फाइनलमा ह्याट्रिक विकेट लिएका छन् । कीर्तिपुरस्थित टियु रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा रोहितले सुदूरपश्चिम विरुद्ध ह्याट्रिक विकेट लिएका हुन् । ब्याटिङमा संघर्ष गरिरहेको सुदूरपश्चिमविरुद्ध रोहितले ११ औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्। ११ औं ओभरको चौथो बलमा रोहितको बलिङमा सुदूरपश्चिमका […]