default_image

8 months ago

December 7, 2023

यू-१९ एसिया कप : विश्वकप अघिको तयारी र असली परिक्षा

1689 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – शुक्रबार देखी युएईमा एसिसी यू–१९ एसिया कप सुरु हुँदैछ । नेपाली क्रिकेट टोलीले शुक्रबार पहिलो खेलमा पाकिस्तानसँग खेल्दै सुरुवात गर्नेछ । प्रतियोगितामा नेपालसहित ८ देशको सहभागीता छ । नेपाल, भारत, अफगानिस्तान र पाकिस्तान समूह ए मा छन् । समूह बी मा युएई, जापान, श्रीलंका र बंगलादेश छन् ।

प्रतियोगिता मंसिर २२ देखी पुष १ गते (डिसेम्बर ८देखी १७) सम्म चल्नेछ । सबै खेल आइसिसी एकेडेमी ओभल-१ र २ दुबईमा हुनेछन् । जापान र युएई बाहेक अन्य सबैलाई एसिया कप २०२४ जवनरी १३ देखी फेब्रुअरी ४ सम्म दक्षिण अफ्रिकामा हुने यू१९ विश्वकप अघिका अन्तिम तयारी हो ।

यु१९ विश्वकपमा नेपालको समूह डी मा न्युजिल्यान्ड, अफगानिस्तान र पाकिस्तान छन् । विश्वकप अघि एसिया कप नेपालको तयारीको सबैभन्दा राम्रो अवसर, स्तर पनि मापन र कमजोरी पत्ता लगाउने प्रतियोगिता हो । नेपालले पछिल्ला ११ अन्तर्राष्ट्रिय यू१९ खेलमा अपराजित रहँदै दुई उपाधि जितेको छ ।

गत फागुनमा आइसिसी यू १९ विश्वकप एसिया र एक महिना अघि एसिसी प्रिमियर कपको उपाधि जितेको थियो । तर सबै एसोसिएट टोली थिए । यू१९ विश्वकपको सर्वाधिक सफल भारतसँगै बलिया पाकिस्तान र अफगानिस्तानविरुद्ध नेपालको असली परिक्षा हुनेछ ।

नेपालले इतिहासमा भारत देखी न्युजिल्यान्डसम्मका टेस्ट टोलीलाई हराई सकेको छ । यस पटक सेमिफाइनल खेल्न दुई खेल जित्नुपर्ने हुन्छ । एसियाका सर्वाधिक बलिया टोलीलाई नेपालले हराउनु पर्छ ।

भारतले यू-१९ मा मात्रै होईन सिनियर टोलीबाट पनि सानदार प्रदर्शन गर्दै आएको छ । भिभियस लक्ष्मणको मुख्य प्रशिक्षकमा रहेको भारतले उत्कृष्ट तयारीका साथ एसिया कप खेल्न आएको छ । भारत उपाधिको प्रमुख दाबेदार पनि हो ।

पाकिस्तान पूर्व सफल ब्याटर मोहम्मद युसिफको मुख्य प्रशिक्षणमा आएको छ । अफगानिस्तानले उमेर समूहमा लगातार राम्रो प्रदर्शन गर्दै आएको छ । बलिया टेस्ट टोलीविरुद्ध यस पटक नेपाली युवा टोलीको असली परिक्षा पनि हुनेछ ।

मजबुत नेपालबाट इतिहास रच्ने अपेक्षा

युवा टोलीले पछिल्लो समय सानदार प्रदर्शन गरेको छ । त्यसमा सिनियर टोलीका अलराउन्डर गुलशन झाको आगमनले टोली सन्तुलन र मजबुत झनै बढाएको छ । त्यसैको कारण युवा टोली इतिहास रच्ने सोचका साथ युएई पुगेकोछ । नेपाल हालसम्म एसिया कपमा फाइनलमा पुग्न सकेको छैन । यस पटक सेमिफाइनलमा पुग्न सके त्यो सम्भावना धेरै हुनेछ ।

नेपालले २०१७ को यू१९ एसिया कपमा भारतलाई हराएको थियो । त्यसपछि नेपालले उमेर समूहमा कुनैपनि टेस्ट टोलीलाई हराएको छैन । अन्तिम पटक सेमिफाइनल खेलेको प्रतियोगिता पनि त्यहिँ हो । भारतलाई हराउन तत्कालिन कप्तान दीपेन्द्रसिंह ऐरीले ८८ रन बनाउनुको साथै ४ विकेट लिँदै अलराउन्ड प्रदर्शन गरेका थिए ।

गुलशनले सिनियर टोलीबाट २४ ओडिआई र ११ टि२० आई खेल खेलेका छन् । एसिया कपमा पाकिस्तान र भारतविरुद्ध विश्वस्टारविरुद्ध खेलेका थिए ।

त्यस्तै नेपाली टोलीबाट महत्वपूर्ण खेलमा गुलशनले उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । त्यो अनुभव र क्षमता नेपाल यू१९ टोलीमा चाहन्छ । गुलशन पाँचौं नम्बरमा ब्याटिङ गर्नुको साथै प्रमुख तीव्र गतिका बलरको रुपमा खेल्नेछन् । एकेडेमी ओभल २ तीव्र गतिका बलर सहयोगी मानिन्छ ।

कप्तान देव खनालले सिनियर टोलीबाट १० ओडिआई खेल खेलेका छन् । यू१९ एसिया कप र विश्वकपको प्रदर्शनले उनको सिनियर टोलीमा पूनरागमन गर्न निर्णायक बन्ने देखिन्छ ।

देवले गत फागुन यता यू१९ क्रिकेटमा तीन शतक हानेका छन् । यू१९ मा तीन शतक हान्ने एक्लो नेपाली खेलाडी हुन् । देवले कप्तानी जिम्मेवारी लिनुपर्ने हुन्छ ।

अर्जुन कुमाल नेपालको भरपर्दा युवा ब्याटर हुन् । अर्जुनले दुई अन्तर्राष्ट्रिय शतक हानेका छन् । साउदी अरेवियाविरुद्ध अर्जुनले १ सय ४३ रनको शतकीय इनिङ खेलेका थिए । कुनैपनि नेपाली ब्याटरले अन्तर्राष्ट्रिय क्रिकेटमा गरेको उच्च प्रदर्शन हो ।

उनले कुशल मल्लले मंगोलियाविरुद्ध १९ औं एसियाली खेलकुदमा टि२० आईमा बनाएको १ सय ३७ रनको कीर्तिमान तोडेका हुन् ।

नेपालको ब्याटिङ अर्जुन, देव र गुलशनमा निर्भर हुनेछ । यी तीन खेलाडीको प्रदर्शनले नतिजा पनि निर्भर हुने देखिन्छ ।
त्यस्तै ब्याटिङमा राहुल त्रिपाठी, विकेटकिपर उत्तमथापा मगर र विशाल विक्रम केसीले पनि जिम्मेवारी लिनेछन् ।

दीपेशले यू१९ प्रिमियर कपमा ४ खेलमा १५ विकेट लिएका थिए । यू१९ विश्वकपमा पुर्याउन युएईविरुद्ध लगातार तीन विकेट लिँदै अविश्वसनीय रुपमा पुर्याएका थिए ।

स्पिनर दीपेश कँडेलको स्पिन आक्रामण खेल्न टेस्ट ब्याटरलाई पनि सहज हुनेछैन । उनलाई अर्का स्पिनर सुभाष भण्डारीले साथ दिनेछन् । तीव्र गतिका सहयोगी पिच हुँदा गुलशन, आकाश चन्द र हेमन्त धामी नेपालको तीव्र गतिका बलिङ हतियार हुनेछन् ।

सिनियर टोलीसँगको अभ्यासले उच्च मनोबल

नेपालको सिनियर टोलीले यू१९ टोलीसँग अभ्यास खेल खेलेको थियो । जसमा युवा टोलीले दुई खेलमा सिनियर टोली मिश्रितलाई हराएको थियो । एउटा खेल सुपर ओभरमै पुगेको थियो । त्यसैको कारण नेपाली युवाको मनोबल उच्च छ ।

यू१९ एसिया कप खेल्नु अघि प्रशिक्षक र कप्तानको भनाई

नेपालका मुख्य प्रशिक्षक जगत टमाटाले भारत र पाकिस्तानसँग खेल्न उत्साहित रहेको बताएका थिए ।

‘सबै खेलाडीहरु लयमा छ । गुलशन आउँदा टिम राम्रो सन्तुलनमा छ । के गर्नुपर्ने सबैको मानसिक सोच स्पष्ट छ । एसिया कपमा भारत, पाकिस्तान र अफगानिस्तानसँग खेल्न बढी उत्साहित छन् । भारत र पाकिस्तानसँग खेल्ने रहर हुन्छ । यी देशविरुद्ध खेल्दा अलगै मज्जा हुन्छ ‘ टमाटाले भने ।

नेपालका कप्तान देव खनालले राम्रो खेलेर फर्किने बताएका थिए ।

‘म पहिलो पटक भारत, पाकिस्तान र अफगानिस्तानसँग खेल्दैछु । त्यसैले ती चुनौतीको लागि उत्साहित छु । पहिला पाकिस्तानसँग खेल छ । एक एक खेल गरेर हेर्ने छौं । हामी राम्रो क्रिकेट खेलेर फर्किन्छौं’, देव खनाल ।

नेपालको यू१९ एसिया कप २०२३ खेल्ने टोली :

देव खनाल (कप्तान), अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपक डुम्रे (विकेटकिपर), हेमन्त धामी, गुलशन झा, दीपेश कंडेल, विशाल विक्रम केसी, सुभाष भण्डारी, दीपक बोहोरा, उत्तम थापा मगर (विकेटकिपर), विपिन रावल (विकेटकिपर), तिलक राज भण्डारी, आकाश चन्द र दीपक बोहरा ।

नेपालको खेल तालिका –

मंसिर २२ (डिसेम्बर ८) – नेपाल र पाकिस्तान

मंसिर २४ (डिसेम्बर १०) – नेपाल र अफगानिस्तान

मंसिर २६ (डिसेम्बर १२) – नेपाल र भारत

मैदान: नेपालबा सबै खेल आइसिसी एकेडेमी ओभल २ मा खेल हुनेछन् ।

मंसिर २९ (डिसेम्बर १५) – सेमिफाइनलका दुबै खेल हुनेछन् । समूह ए को विजेताले समूह बी को उपविजेतासँग खेल्नेछ । समूह बी को विजेताले समूह ए को उपविजेतासँग खेल्नुपर्ने हुन्छ ।

पुष १ (डिसेम्बर १७) – फाइनल खेल हुनेछन् ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.