default_image

8 months ago

December 8, 2023

राजाको उत्कृष्ट अलराउन्ड प्रदर्शनमा जिम्बावेको रोमान्चक जित

1069 views

0 Bookmark

एजेन्सी – अलराउन्डर सिकन्दर राजाको उत्कृष्ट अलराउन्ड प्रदर्शनमा जिम्बावेले पहिलो टि२० आई खेलमा आयरल्यान्डमाथि एक विकेटको रोमान्चक जित हात पारेको छ । तीन खेलको सिरिजमा घरेलु टोली जिम्बावेले १–० को अग्रता लिएको छ ।

जितको लागि १ सय ४८ रनको विजयी लक्ष्य पछ्याएको जिम्बावेले २० ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो । अन्तिम बलमा ब्लेसिङ मुर्जाबानीले दुई रन बटुल्दै जित पक्का गराएका थिए । जिम्बावेको जितमा राजाले ४२ बलमा ५ चौका र २ छक्कासहित सर्वाधिक ६५ रनको योगदान दिए ।

वेस्ली मधेभेर २५ र क्लाइभ माडान्डे २० रनमा आउट भए । आयरल्यान्डका मार्क आदिर, जोश लिटिल, ब्यारी म्याकार्थी र क्रेग योंगले समान दुई विकेट लिए ।

त्यसअघि हरारेमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको आयरल्यान्डले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ४७ रन बनाएको थियो ।

आयरल्यान्डका एन्डी बालबर्नीले २५ बलमा ६ चौका र १ छक्कासहित सर्वाधिक ३२ रन बनाए । ह्यारी टेक्टर २४, लोर्कान टकर २१, कप्तान पल स्टर्लिङ १४ र ग्यारेथ डेलानी २६ रन बनाए ।

जिम्बावेका सिकन्दर राजाले ४ ओभरमा २८ रन खर्चेर ३ विकेट लिए । ब्लेसिङ मुर्जाबानी र रिचर्ड न्गारावले समान २ विकेट लिए । दोस्रो खेल शनिबार र तेस्रो खेल आइतबार हुनेछ ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.