default_image

8 months ago

December 8, 2023

नेपालले टस हार्यो

4766 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले एसिसी यू–१९ एसिया कपमा पाकिस्तानविरुद्ध टस हारेर पहिला ब्याटिङको निम्तो पाएको छ । दुबईमा रहेको आइसिसी एकेडेमी ओभल–२ मा भएको टसमा पाकिस्तानका कप्तान साद बेगले जितेर पहिला बलिङ गर्ने निर्णय दिँदै नेपाललाई ब्याटिङको निम्तो दिएका छन् ।

नेपालको टोलीमा सिनियर टोलीका प्रमुख अलराउन्डर गुलशन झा छन् । देवले पनि नेपालबाट १० ओडिआई खेल खेलेका छन् । देव र गुलशनको प्रदर्शन निकै महत्वपूर्ण हुनेछ । गुलशन पछिल्लो एक वर्षदेखी टोलीमा निरन्तर छन् । एसिया कपमा भारत, पाकिस्तान साथै विश्वकप छनोटमा जिम्बावे, वेस्टइन्डिज र आयरल्यान्ड जस्ता देशविरुद्ध खेली सकेका छन् ।

उता पाकिस्तानका अरफत मिन्हासले तीन टि२० आई खेल खेलेका छन् । उनी तल्लोक्रममा राम्रो ब्याटिङको साथै स्पिन बलिङ गर्ने गर्दछन् । बायाँ हाते खेलाडी उनले ठूला सर्टको क्षमता राख्छन् । त्यस्तै तीव्र गतिका बलर मोहम्मद जिशान र अरफत पाकिस्तानको टेस्ट टोलीमा परि सकेका छन् ।

July 23, 2024

भारतविरुद्ध फराकिलो हारसँगै नेपाल एशिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद) – भारत विरुद्ध फराकिलो हार बेहोर्दै नेपाल एसिसि एशिया कप २०२४ बाट बाहिरिएको छ । भारत विरुद्ध ८२ रनले पराजित भएसँगै नेपाल एशिया कपबाट औपचारिक रूपमा बाहिरिएको हो । १ सय ७९ रनको विशाल लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ९६ रन मात्र बनाउन सक्यो । नेपालका लागि सिता […]

July 23, 2024

नेपाललाई भारतविरुद्ध विशाल लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – एसिसि महिला एशिया कप २०२४ अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले भारत विरुद्ध विशाल लक्ष्य पाएको छ । नेपालले भारत विरुद्ध १ सय ७९ रनको लक्ष्य पाएको हो । दाम्बुलामा टस जितेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १ सय ७८ रन बनाएको हो । भारतका लागि […]

July 23, 2024

नेपालले भारत विरुद्ध पहिला बलिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद) – एसिसी महिला एशिया २०२४ अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले भारत विरुद्ध पहिला बलिङ गर्ने भएको छ । श्रीलंका स्थित दाम्बुला स्टेडियममा भारतका लागि आज कप्तानी गरिरहेकी स्मृति मान्धनाले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको हुन् । नेपालले पाकिस्तान विरुद्ध हार बेहोरेको टोलीमा दुई परिवर्तन गरेको छ । रोमा थापा र […]

Success

Thank you for your time.