2 years ago
December 8, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले एसिसी यू–१९ एसिया कपमा पाकिस्तानविरुद्ध तीन स्पिनर खेलाएको छ । दुबईमा रहेको आइसिसी एकेडेमी ओभल–२ मा भएको टसमा पाकिस्तानका कप्तान साद बेगले जितेर पहिला बलिङ गर्ने निर्णय दिँदै नेपाललाई ब्याटिङको निम्तो दिएका छन् ।

नेपालले आजको खेलमा स्पिनर सुभाष भण्डारी, दीपेश कँडेल र तिलक राज भण्डारीलाई खेलाएको छ । नेपालले तीव्र गतिका बलरमा गुलशन झा र आकाश चन्दलाई खेलाएको छ । नेपालका तीव्र गतिका बलर हेमन्त धामीलाई भने बेन्चमा राखेको छ । नेपालले आजको खेलमा दीपक बोहरा, हेमन्त धामी, दीपक बोहरा र दीपक डुम्रेलाई बेन्चमा राखेको छ ।
नेपालको टोलीमा सिनियर टोलीका प्रमुख अलराउन्डर गुलशन झा छन् । देवले पनि नेपालबाट १० ओडिआई खेल खेलेका छन् । देव र गुलशनको प्रदर्शन निकै महत्वपूर्ण हुनेछ । गुलशन पछिल्लो एक वर्षदेखी टोलीमा निरन्तर छन् । एसिया कपमा भारत, पाकिस्तान साथै विश्वकप छनोटमा जिम्बावे, वेस्टइन्डिज र आयरल्यान्ड जस्ता देशविरुद्ध खेली सकेका छन् ।
उता पाकिस्तानका अरफत मिन्हासले तीन टि२० आई खेल खेलेका छन् । उनी तल्लोक्रममा राम्रो ब्याटिङको साथै स्पिन बलिङ गर्ने गर्दछन् । बायाँ हाते खेलाडी उनले ठूला सर्टको क्षमता राख्छन् । त्यस्तै तीव्र गतिका बलर मोहम्मद जिशान र अरफत पाकिस्तानको टेस्ट टोलीमा परि सकेका छन् ।
नेपालको प्लेइङ ११ :
देव खनाल (कप्तान), अर्जुन कुमाल, आकाश त्रिपाठी, गुलशन झा, दीपेश कंडेल, विशाल विक्रम केसी, सुभाष भण्डारी, उत्तम थापा मगर (विकेटकिपर), विपिन रावल (विकेटकिपर), तिलक राज भण्डारी र आकाश चन्द
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]