2 years ago
December 8, 2023
एजेन्सी – पाकिस्तानका युवा स्टार बलर नसिम शाहका भाई उबेदले एसिसी यू-१९ एसिया कपमा नेपालविरुद्ध खेलेका छन् । आइसिसी एकेडेमी ओभल-२ मा नेपालले टस हारेर पहिला ब्याटिङको निम्तो पाएको छ ।

पाकिस्तानको टोलीमा नसिम शाहका भाइ उबेदले दोस्रो ओभर लिएर उनी बलिङ गर्न आएका थिए । दोस्रो ओभरको दोस्रो बलमा विपिन रावलले उनलाई चौका प्रहार गरेका थिए । दोस्रो ओभरमा उनले ८ रन खर्चेका थिए ।
नसिमको माइलो हुनैन र कान्छो भाइको रुपमा उबेद छन् । १९ वर्षीय हुनैनले सेन्ट्रल पन्जाबबाट घरेलु क्रिकेट खेल्ने गर्दछन् । तीव्र गतिका बलर हुनैनले ८ प्रथम श्रेणी, ८ लिष्ट ए र १४ टि२० क्रिकेट खेलेका छन् । प्रथम श्रेणीमा १७, लिष्ट ए मा १२ र टि२० मा १७ विकेट लिएका छन् ।
२० वर्षीय नसिम पाकिस्तानका प्रमुख बलर हुन् । उनले पाकिस्तानबाट १७ टेस्ट, १४ ओडिआई र १९ टि२० आई क्रिकेट खेलेका छन् । चोटका कारण उनले अघिल्लो महिना सम्पन्न एकदिवसीय विश्वकप गुमाएका थिए । नसिम, शाहिद अफ्रिदी र हरिस रौफको जोडीले पाकिस्तानमा सानदार प्रदर्शन गर्दै आएका छन् ।
१७ वर्षीय उबेदले यू१९ मा सानदार प्रदर्शन गरेर स्थान बनाएका हुन् । श्रीलंकासँग अघिल्लो महिना चार युथ यू१९ ओडिआईमा ९ विकेट लिँदै टोलीमा परेका थिए ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]