2 years ago
December 8, 2023
एजेन्सी – विकेटकिपर उत्तमथापा मगर र स्पिन अलराउन्डर दीपेश कँडेलले राम्रो ब्याटिङ गरेपछि नेपाल एसिसी यू१९ एसिया कपमा पाकिस्तानविरुद्ध खेलमा फर्किएको छ । दुबईमा रहेको आइसिसी एकेडेमी ओभल २ मा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ३२ ओभरमा ५ विकेट गुमाउँदै १ सय ८ रन बनाएको छ ।

उत्तम ५६ बलमा २ चौका र २ छक्कासहित ३५ रनमा क्रिजमा छन् । दीपेश ५१ बलमा २ चौका र १ छक्कासहित २७ रनमा क्रिजमा छन् । एक समय ४६-५ को अवस्थामा पुगेको नेपाललाई उत्तम र दीपेशले उत्कृष्ट ब्याटिङ गर्दै खेलमा फर्काएका छन् । छैटौं विकेटका लागि यी दुई ब्याटरले ९० बलमा ६२ रनको साझेदारी गरि सकेका छन् ।
नेपालले ओपनर विपिन रावललाई ७ रनमा गुमाएको थियो । तीव्र गतिका बलर आमिर हसनको तेस्रो ओभरको दोस्रो बलमा विपिन एज लागेर विकेटकिपर साद बेगबाट क्याच आउट हुन पुगेका थिए । अर्का तीव्र गतिका बलर उबेद शाहले आठौं ओभरको चौथो बलमा आकाश त्रिपाठीलाई ६ रनमा एलबीडब्लू आउट गर्दै पाकिस्तानलाई दोस्रो सफलता दिलाएका थिए ।
कप्तान देव खनाल १३ बल खेल्दा खाता खोल्न सकेनन् । मोहम्मद जिशानको १२ औं ओभरको पाँचौं बलमा ठूलो सर्ट खेल्ने धुनमा टप एज लागेर देव अली असफन्दबाट क्याच आउट भएका थिए ।
अर्जुन कुमाल ३७ बलमा ३ चौकासहित २१ रनमा क्याच आउट भए । तीव्र गतिका बलर मोहम्मद जिशानको १६ औं ओभरको अन्तिम बलमा अर्जुन एज लागेर विकेटकिपर साद बेगबाट क्याच आउट भए । अग्ला कदका जिशानको बलमा अर्जुन आउट भएसँगै गुलशन झा ब्याटिङका लागि आएका थिए ।
गुलशन स्पिनर अली असफन्दको १७ औं ओभरको अन्तिम बलमा बोल्ड आउट भए । सिनियर टोलीबाट खेली सकेका गुलशनले ४ बल खेल्दा १ रन बनाए । गुलशन आउटसँगै नेपाल समस्यामा थियो ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]