default_image

2 years ago

December 8, 2023

नेपाल पाकिस्तानसँग पराजित

5593 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एसिसी यू१९ एसिया कपको पहिलो खेलमा पाकिस्तानसँग ७ विकेटले पराजित भएको छ । जितको लागि १ सय ५३ रनको विजयी लक्ष्य पछ्याएको पाकिस्तानले २६.२ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो ।

पाकिस्तानको जितमा आजन आविस ६२ बलमा ८ चौकासहित ५६ रनमा अविजित रहे । कप्तान साद बेग ५६ बलमा ५ चौकासहित ५० रनमा आउट भए । मोहम्मद जिशान ८ बलमा २ चौका र २ छक्कासहित २० रनमा अविजित रहे । जिशानले बलिङमा ६ विकेट लिएका थिए ।

नेपालका गुलशन झाले ८ ओभरमा १ मेडनसहित ५४ रन खर्चेर २ विकेट लिए । आकाश त्रिपाठीले १ विकेट लिए ।

त्यसअघि आइसिसी एकेडेमी ओभल-२ मा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल ४७.२ ओभरमा १ सय ५२ रनमा अल आउट भएको थियो । नेपालका उत्तम थापा मगरले ७६ बलमा ३ चौका र २ छक्कासहित सर्वाधिक ५१ रनको योगदान दिएपनि जितको लागि पर्याप्त हुन सकेन । उनको यो यू१९ अन्तर्राष्ट्रिय क्रिकेटमा उत्तमको यो दोस्रो अर्धशतक थियो ।

नेपालको ब्याटिङ सुरुमा सम्झन लायक थिएन । एक समय ४६–५ को अवस्थामा पुगेको नेपाललाई उत्तम र दीपेशले छैटौं विकेटका लागि १ सय बलमा ६८ रनको महत्वपूर्ण साझेदारी गर्दै खेलमा फर्काएका थिए । दीपेश ५९ बलमा २ चौका र १ छक्कासहित ३१ रनमा आउट हुन पुगेका थिए ।

ओपनर विपिन रावल ७ रनमा आउट भएका थिए । तीव्र गतिका बलर आमिर हसनको तेस्रो ओभरको दोस्रो बलमा विपिन एज लागेर विकेटकिपर साद बेगबाट क्याच आउट हुन पुगेका थिए । अर्का तीव्र गतिका बलर उबेद शाहले आठौं ओभरको चौथो बलमा आकाश त्रिपाठीलाई ६ रनमा एलबीडब्लू आउट गर्दै पाकिस्तानलाई दोस्रो सफलता दिलाएका थिए ।

कप्तान देव खनाल १३ बल खेल्दा खाता खोल्न सकेनन् । मोहम्मद जिशानको १२ औं ओभरको पाँचौं बलमा ठूलो सर्ट खेल्ने धुनमा टप एज लागेर देव अली असफन्दबाट क्याच आउट भएका थिएका थिए ।

अर्जुन कुमाल ३७ बलमा ३ चौकासहित २१ रनमा क्याच आउट भएका थिए । तीव्र गतिका बलर मोहम्मद जिशानको १६ औं ओभरको अन्तिम बलमा अर्जुन एज लागेर विकेटकिपर साद बेगबाट क्याच आउट भए ।

गुलशन स्पिनर अली असफन्दको १७ औं ओभरको अन्तिम बलमा बोल्ड आउट भए । सिनियर टोलीबाट खेली सकेका गुलशनले ४ बल खेल्दा १ रन बनाए । गुलशन आउटसँगै नेपाल समस्यामा थियो । टोलीका प्रमुख खेलाडी गुलशन आउट भएपछि नेपाल समस्यामा परेको थियो ।

विशाल विक्रम केसी १, तिलक भण्डारी शून्य, सुभाव भण्डारी ८ र आकाश चन्दले ५ रन बनाए । पाकिस्तानको जितमा तीव्र गतिका बलर मोहम्मद जिशानले ९.२ ओभरमा १ मेडनसहित १९ रन खर्चेर ६ विकेट लिए । अमिर हसनले १० ओभरमा २ मेडनसहित १५ रन खर्चेर २ विकेट लिए । उबेद शाह र अली असफन्दले समान १ विकेट लिए ।

नेपालले आइतबार अफगानिस्तान र मंगलबार भारतसँग खेल्नेछ । शीर्ष दुईमा रहन सके सेमिफाइनल खेल्नेछ । शीर्ष दुईमा रहन नेपालले अव बाँकी दुबै खेल जित्नुपर्ने दबाब छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.