2 years ago
December 8, 2023
काठमाडौं (हाम्रो खेलकुद) – चितवन जिल्ला क्रिकेट संघको आयोजनामा चार जिल्ला सम्मिलित भिजिट भरतपुर २०२४ टि२० क्रिकेट सिरिज हुने भएको छ।

जिल्ला क्रिकेट संघ चितवनले नारायणगढमा पत्रकार सम्मेलन गरी निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा मंसिर २४ देखी २७ गतेसम्म प्रतियोगिता आयोजना गर्ने जानकारी दिएको हो ।
प्रतियोगितामा चितवन, नवलपुर, मकवानपुर र पर्सा गरी ४ टोलीको सहभागीता रहनेछ । प्रतियोगिता सिङ्गल राउन्ड लिगका आधारमा खेलाइनेछ ।
अंकतालिकाको शीर्ष दुई टोलीले फाइनलमा प्रतिस्पर्धा गर्नेछन् । विजेता र उपविजेता टोलीलाई ट्रफी, मेडल र प्रमाण(पत्रको व्यवस्था गरिएको संघका अध्यक्ष सुदिप पियाले जानकारी दिए । यो प्रतियोगितालाई आगामी दिनहरुमा पनि चारवटा जिल्ला मिलेर नै आयोजना गर्दै लैजाने योजना रहेको पियाले बताए ।
साथै, चितवन जिल्ला क्रिकेट संघको नयाँ कार्यसमिती चयन भएपछि हालसम्म गरेका कार्यहरुका बारेमा समेत जानकारी गराइएको थियो । क्याम्पाचौरको नेट मर्मत सम्भार, विभिन्न नगर प्रमुखहरुसंग क्रिकेट संरचना बिस्तार गर्ने बारेमा छलफल, बालबालिकालाई क्रिकेटमा आकर्षित गर्न हरेक शनिबार क्याम्प संचालन लगायतका गतिविधीहरु गरिएको संघले जनाएको छ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]