default_image

2 years ago

December 10, 2023

ज्ञानेन्द्र, शक्ति र रिजनले लिए आइसिसी लेभल-२ कोचिङ कोर्ष

3516 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्ल, अलराउन्डर शक्ति गौचन र गण्डकी प्रदेशका मुख्य प्रशिक्षक रिजन प्रजुले आइसिसी लेभल २ कोचिङको कोर्ष गरेका छन् । सिंगापुरमा जारी लेभल आइसिसी २ कोचिङ तालिममा नेपालबाट तीन जनाले भाग लिएका हुन् ।

गत बिहीबार देखी सुरु भएको उक्त कोर्षको अन्तिम परिक्षा सोमबार हुनेछ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले आयोजना गरेको लेभल २ कोर्षमा क्यानले उक्त तीन जनालाई पठाएको हो ।

नेपालसँगै सिंगापुर, मलेसिया, थाईल्यान्ड, ओमान, साउदी अरेविया, माल्दिभ्स, उज्बेकस्तान, चीन, भुटान, पाकिस्तान, मंगोलिया र कतारबाट गरि कुल २४ जना उक्त कोर्षमा सहभागी छन् । बंगलादेशका पूर्वक्रिकेटर अमिनुल इस्लाम र पाकिस्तानका पूर्व अलराउन्डर इकबाल सिकन्दरले उक्त कोर्षमा प्रशिक्षण दिएका छन् ।

‘कोर्ष राम्रो भएको छ । पहिला गरेको भन्दा राम्रो र फरक छ । खेलाडी र क्रिकेट विकास गर्न सहयोग पुग्नेछ । प्राटिकल परिक्षापनि हुनेछ । आफ्नो कुराहरु खेलाडीलाई कसरी राख्ने पनि सिकाएको छ’, प्रजुले हाम्रो खेलकुदसँग भने ।

रिजनले लेभल १ कोर्ष २०१३, शक्तिले २०११ र ज्ञानेन्द्र मल्लले २००९ मा नै गरेका थिए । तर नेपालमा धेरै प्रतिस्पर्धी हुँदा लेभल २ कोर्ष गर्न एक दशक लागेको हो ।

रिजनले गण्डकी प्रदेशको मुख्य प्रशिक्षक सम्हाल्दै आएका छन् । उनको प्रशिक्षणमा गण्डकीले पछिल्लो समय लगातार राम्रो प्रदर्शन गरेको छ । शक्ति गौचनले भैरहवामा आफ्नै स्टार एकेडेमी सञ्चालन गर्दै खेलाडी उत्पादन गर्दै आएका छन् । शक्ति र रिजनले २०२१ मा एभरेष्ट प्रिमियर लिगमा पोखरा राइनोजमा पनि फिल्डिङ र बलिङ प्रशिक्षकको रुपमासँगै काम गरेका थिए ।

नेपाली क्रिकेट टोलीका अलराउन्डर कुशल मल्ल र सुशान भारी शक्तिकै उत्पादन हुन् । नेपालका एक सर्वाधिक सफल अलराउन्डर शक्तिले २०१८ मा नेपाली क्रिकेटबाट सन्न्यास लिएका थिए । ज्ञानेन्द्रले चार महिना अघि मात्रै अन्तर्राष्ट्रिय क्रिकेट करिअरबाट सन्न्यास लिएका थिए ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.