default_image

2 years ago

December 10, 2023

आन्द्रे रसेल वेस्टइन्डिजको टोलीमा फर्किए

1545 views

0 Bookmark

एजेन्सी – विष्फोटक ब्याटिङ अलराउन्डर आन्द्रे रसेल वेस्टइन्डिजको टोलीमा दुई वर्षपछि फर्किएका छन् । घरेलु टोली वेस्टइन्डिजले इंग्ल्यान्डसँग खेल्ने पाँच टि२० आई खेलको सिरिजको लागि रसेललाई टोलीमा बोलाएको हो ।

आगामी वर्ष अमेरिका र वेस्टइन्डिजमा हुने टि२० विश्वकपलाई ध्यानमा वेस्टइन्डिजले टोली बोलाएको छ । यसअघि वेस्टइन्डिजका पूर्व मुख्य प्रशिक्षक फिल सिमन्ससँग राम्रो सम्बन्ध नहुँदा २०२१ र २०२२ को टि२० विश्वकप बाहिर भएका थिए । तर पूर्व कप्तान ड्यारेन स्यामी आएपछि उनले रसेललाई टोलीमा फर्काउने निर्णय लिएका हुन् ।

रसेलको आगामनले वेस्टइन्डिजको ब्याटिङ मजबुत बन्नेछ । वेस्टइन्डिजको टोलीमा रसेल, निकोलस पुरन, शिम्रन हेटमायर र कायल मेयर्स जस्ता विष्फोटक ब्याटर टोलीमा छन् ।

गत जुनमा जिम्बावेमा सम्पन्न एकदिवसीय विश्वकपपछि विदेशी फ्रेन्चाइज लिग खेल्दै आएका निकोलस पुरन पनि टोलीमा फर्किएका छन् । टोलीको कप्तान रोभम्यान पावेल र उपकप्तानमा शाई होप छन् । इंग्ल्यान्ड र वेस्टइन्डिजबीचको सिरिज डिसेम्बर १३, १४, १६, २० र २२ मा हुनेछ । तीन ओडिआई खेलको सिरिज वेस्टइन्डिजले २-१ ले जितेको थियो ।

वेस्टइन्डिजको टोली :

रोभम्यान पावेल(कप्तान), शाई होप(उपकप्तान), रोश्टन चेश, म्याथ्यु फर्ड, शिम्रन हेमायर, जेसन होल्डर, अकिल हुसेन, अल्जारी जोशेफ, ब्रेन्डन किंग, काइल मेयर्स, गुडाकेश मोती, निकोलस पुरन, आन्द्रे रसेल, शेर्फान रदरफोर्ड र रोमारियो शेफर्ड ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.