default_image

8 months ago

December 10, 2023

दीपेशले तोडे अफगानी ब्याटरको साझेदारी

959 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका स्पिन अलराउन्डर दीपेश कँडेलले एसिसी यू–१९ एसिया कपमा अफगानिस्तानविरुद्ध चौथो विकेटको साझेदारी तोडेका छन् । आइसिसी एकेडेमी ओभल २ दुबईमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको अफगानिस्तानले २९ ओभरमा ४ विकेट गुमाउँदै १ सय १८ रन बनाएको छ ।

अफगानिस्तानका जम्शिद जद्रान ८८ बलमा ४ चौकासहित ५१ रनमा क्रिजमा छन् । उनलाई विकेटकिपर नौमान साह अघाले साथ दिनेछन् ।

रहिमउल्लाह जुरमाती र जम्शिद जद्रानले चौथो विकेटका लागि १ सय २९ बलमा ८१ रनको साझेदारी गरेका थिए । दीपेशको २८ औं ओभरको दोस्रो बलमा जुरमाती ३५ रनमा क्याच आउट भए । ब्याकवार्ड प्वाइन्टमा सुभाष भण्डारीले उत्कृष्ट क्याच लिँदै साझेदारी तोडेका हुन् ।

एक समय अफगानिस्तान ६.३ ओभरमा ३३–३ को को अवस्थामा पुगेको थियो । तर चौथो विकेटका लागि रहिमउल्लाह जुरमाती र जम्शिद जद्रानको साझेदारीले अफगानिस्तान खेलमा फर्किएको थियो ।

नेपाललाई तीव्र गतिका बलर गुलशन झाले पहिलो सफलता दिलाएका थिए । गुलशनको दोस्रो ओभरको पाँचौं बलमा ठूलो सर्ट खेल्ने धुनमा टप एज लागेर अफगानी ओपनर वाफिउल्लाह ताराखिल १५ रनमा देव खनालबाट क्याच आउट भएका थिए । उनले ९ बलमा २ चौका र १ छक्का हाने ।

हेमन्त धामीको सातौं ओभरको दोस्रो बलमा खालिद तानिवाल १० रनमा गुलशनबाट क्याच आउट भए । लगत्तै अर्को बलमा हेमन्तले अक्रम मोहम्मदजाईलाई योर्करमा बोल्ड आउट गरे । ह्याट्रिक बलमा हेमन्तले वाइड फ्याँलेका थिए । हेमन्तको इनस्वींय योर्कर बलमा उनी बोल्ड भएका थिए ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.