default_image

2 years ago

December 10, 2023

जाम्शिदको शतकमा नेपाललाई बलियो लक्ष्य

4355 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – शीर्षक्रमका ब्याटर जाम्शिद जद्रानको शतकमा अफगानिस्तानले एसिसी यू–१९ एसिया कपमा नेपाललाई २ सय ६२ रनको बलियो लक्ष्य दिएको छ । आइसिसी एकेडेमी ओभल–२ दुबईमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको अफगानिस्तान ४९.३ ओभरमा २ सय ६१ रनमा अल आउट भयो ।

अफगानिस्तानका जाम्शिद जद्रानले १ सय ५२ बलमा ८ चौकासहित १ सय ६ रनको शतकीय इनिङ खेलेका थिए । उनी खुट्टामा समस्याका कारण रिटायर्ड हर्ट भएका थिए ।

त्यस्तै नौमान साह अघाले ४१ बलमा ५ चौका र ३ छक्कासहित ६० रनको आक्रामक इनिङ खेलेका थिए । पाँचौं विकेटका लागि नौमानले जम्शिद जद्रानसँग ८२ बलमा ९७ रनको उत्कृष्ट साझेदारी गर्दै अफगानिस्तानलाई बलियो योगफलमा पुर्याएका थिए ।

नेपाललाई तीव्र गतिका बलर गुलशन झाले पहिलो सफलता दिलाएका थिए । गुलशनको दोस्रो ओभरको पाँचौं बलमा ठूलो सर्ट खेल्ने धुनमा टप एज लागेर अफगानी ओपनर वाफिउल्लाह ताराखिल १५ रनमा देव खनालबाट क्याच आउट भएका थिए । उनले ९ बलमा २ चौका र १ छक्का हाने ।

हेमन्त धामीको सातौं ओभरको दोस्रो बलमा खालिद तानिवाल १० रनमा गुलशनबाट क्याच आउट भए । लगत्तै अर्को बलमा हेमन्तले अक्रम मोहम्मदजाईलाई योर्करमा बोल्ड आउट गरे । हेमन्तको इनस्वींय योर्कर बलमा उनी बोल्ड भएका थिए । ह्याट्रिक बलमा हेमन्तले वाइड फ्याँलेका थिए ।

एक समय अफगानिस्तान ६.३ ओभरमा ३३–३ को को अवस्थामा पुगेको थियो । तर चौथो विकेटका लागि रहिमउल्लाह जुरमाती र जम्शिद जद्रानको ८१ रनको साझेदारीले अफगानिस्तान खेलमा सम्हाल्लिएको थियो ।

दीपेशको २८ औं ओभरको दोस्रो बलमा जुरमाती ३५ रनमा क्याच आउट भए । ब्याकवार्ड प्वाइन्टमा सुभाष भण्डारीले उत्कृष्ट क्याच लिँदै साझेदारी तोडेका थिए ।

नेपालका हेमन्त धामीले ६ ओभरमा ३७ रन खर्चेर २ विकेट लिए । दीपेश कँडेलले १० ओभरमा ३४ रन खर्चेर १ विकेट लिए । सुभाष भण्डारीले १० ओभरमा ४९ रन खर्चेर २ विकेट लिए । आकाश चन्दले ९ ओभरमा ६६ रन खर्चेर १ विकेट लिए । गुलशन झाले ८.३ ओभरमा ४६ रन खर्चेर २ विकेट लिए ।

June 21, 2025

विदुर मेयर कपको उपाधि वडा नम्बर ३ लाई

काठमाडौं (हाम्रो खेलकुद) – प्रथम विदुर मेयर कप अन्तर वडा टि-२० प्रतियोगिताको उपाधि वडा नम्बर-३ ले जितेको छ । उपाधि सहित विजेता वडा नम्बर-३ ले ५० हजार रुपैयाँ तथा उपविजेता वडा नम्बर-४ ले २५ हजार रुपैयाँ प्राप्त गर्यो । नुवाकोट स्थित पिपलटार क्रिकेट मैदानमा सम्पन्न प्रतियोगिताको फाइनलमा वडा नम्बर-३ ले वडा नम्बर-४ लाई १०५ रनको […]

June 21, 2025

नेपालको खेल अब कहिले ?

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली‌ राष्ट्रिय क्रिकेट टोलीको स्कटल्याण्ड भम्रण शुक्रवार सकिएको छ। टोली आइतवार बिहान स्वदेश आइपुग्ने बताइएको छ। नेपाली टोलीको यसपटकको भ्रमण मिश्रित रह्यो । नेपालले स्कटल्याण्डमा खेलेको विश्व कप लिग टु र टि ट्वान्टी आई सिरिजमा खेलेको ८ मध्ये ५ खेलमा जित निकालेको थियो । युरोपमा नेपालको यो नतिजालाई राम्रो मान्न सकिन्छ […]

June 21, 2025

तीन खेलाडीको शतकमा भारतको बलियो याेगफल

एजेन्सी – घरेलु टोली इङ्ग्ल्याण्डसँगको पहिलो टेस्टको पहिलो इनिङमा भारतले बलियो योगफल तयार गरेको छ । पहिलो इनिङमा भारतले कप्तान शुभमन गिल, उपकप्तान ऋषभ पन्त र ओपनर यशस्वी जैसवालको शतकमा ४ सय ७१ रन बनाएको छ । पछिल्लो क्रममा घरेलु टोलीले बलिङमा पुनरागमन गरेको थियो। कप्तान गिल २ सय २७ बलमा १९ चौका र १ […]

Success

Thank you for your time.