2 years ago
December 13, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीकी अनुभवी स्पिनर करुणा भण्डारी १८ महिनापछि आज खेल खेल्दैछिन् । बागमती प्रदेशसँगको तीन टि२० सिरिजको पहिलो खेलमा करुणा खेल्दैछिन् । तल्लोमुलपानी क्रिकेट मैदानमा भएको टसमा बागमती प्रदेशकी कप्तान कन्चन श्रेष्ठले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएकी छिन् ।

करुणा एपिएफको प्लेइङ ११ मा छिन् । करुणा २०२२ जुनपछि पहिलो पटक खेल्न लागेकी हुन् । करुणाको दायाँ खुट्टाको असिएल टिअर चोटको कारण पुरानो बानेश्वरमा रहेको फ्रन्टलाइन अस्पतालमा शल्यक्रिया भएको थियो । त्यसपछि उनी एक वर्ष मैदान बाहिर रहेकी थिइन् ।
पछिल्लो समय लगातार अभ्यास गरेपनि खेल भने खेल्न पाएकी थिइनन् । घरेलु क्रिकेट नहुँदा अभ्यासमा सिमित थिइन् । करुणाको आगमनले एपिएफको बलिङ मजबुत बन्नेछ । उता बागमतीका दुई खेलाडी अश्मिना कर्माचार्य र सोनी पाख्रिन चोटका कारण आजको खेल खेल्नेछैनन् ।
बागमती प्रदेश संघले प्रधानमन्त्री कप टि२० महिला राष्ट्रिय प्रतियोगिता अघि एपिएफसँग अन्तिम तयारी गरेको हो ।
एपिएफको टोली :
सीता रानामगर (कप्तान), ममता चौधरी, इन्दु बर्मा, रोमा थापा, सीता मगर, नेरी थापा, मन्जु बोगटी, करुणा भण्डारी, बिनु बढामगर, सोनु खड्का, रेखा रावल, सुष्मा श्रेष्ठ, निशा भट्ट र राजमति ऐरी ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]