default_image

8 months ago

December 13, 2023

इन्दुको अलराउन्ड प्रदर्शनमा एपिएफको विजयी सुरुवात

929 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – उपकप्तान इन्दु बर्माको अलराउन्ड प्रदर्शनमा नेपाल एपिएफ क्लबले पहिलो टि२० खेलमा बागमती प्रदेशलाई ७२ रनले हराउँदै विजयी सुरुवात गरेको छ । योसँगै तीन खेलको सिरिजमा एपिएफले १-० को अग्रता लिएको छ ।

तल्लोमुलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको एपिएफले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै १ सय ३५ रन बनायो । इन्दुले २७ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ३९ रन बनाइन् । त्यस्तै ममता चौधरी ४८ बलमा ३ चौकासहित ३८ रनमा आउट भइन् ।

सीता रानामगर ३५ बलमा ४ चौकासहित ३० रनमा आउट भइन् । पहिलो विकेटका लागि सीता र ममताले ८२ रनको साझेदारी गरेका थिए । बागमतीकी कृष्मा गुरुङ र सविका कुमारी यादवले समान एक विकेट लिए ।

जितको लागि १ सय ३६ रनको विजयी लक्ष्य पछ्याएको बागमतीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ६३ रन बनायो । बागमतीकी कन्चन श्रेष्ठले ३९ बलमा १ चौकासहित २१ रन बनाइन् । अन्य कुनैपनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

ओपनर हेलिसा गुरुङ ७, अस्मिता खरेल ६, सुजिता थापा ५, अनिशा मजाकोटी ७, यशु पाण्डे ७ र खुशी डंगोल ६ रनमा आउट भइन् । दोस्रो खेल बिहीबार र तेस्रो खेल शुक्रबार हुनेछ ।

बागमती प्रदेशको आयोजना र बागमती प्रदेश खेलकुद परिषद्को आर्थिक सहयोगमा प्रधानमन्त्री कपको लागि छनोट जारी छ । बागमती प्रदेशले चार जिल्लाबीच छनोट चितवनमा गराएको थियो ।

बागमती प्रदेश छनोटको उपाधि काठमाडौंले जितेको थियो । काठमाडौं, भक्तुपर, ललितपुर र चितवन बागमती प्रदेश छनोटमा सहभागी भएका थिए । प्रतियोगिता लिगको आधारमा भएको थियो ।

इलिट ट्रफीमा बागमती प्रदेशमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीबाट तीन टोली, रेड, ब्ल्यू र ग्रीन गरि टिम निर्माण गरि सिंगल राउन्ड रोविनको आधारमा इलिट ट्रफीको गरिएको थियो । उपाधि बागमती रेडले जितेको थियो । प्रधानमन्त्री कप पुष पहिलो साता देखी काठमाडौंमा हुँदैछ ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.