2 years ago
December 13, 2023
एजेन्सी – घरेलु टोली युएईले एसिसी यू१९ एसिया कपमा जापानलाई १ सय ७ रनले हराउँदै सेमिफाइनलमा स्थान बनाएको छ । युएई आफ्नो क्रिकेट इतिहासमा पहिलो पटक यू१९ एसिया कपको सेमिफाइनलमा पुगेको हो । टेस्ट टोली श्रीलंकालाई पछि पार्दै सेमिफाइनलमा स्थान बनाएको हो ।

जितको लागि ३ सय २१ रनको विजयी लक्ष्य पछ्याएको जापानले ५० ओभरमा ४ विकेट गुमाउँदै २ सय १३ रन बनायो । जापानका कप्तान कोजी एबीले ६८ बलमा ५ चौका र २ छक्कासहित सर्वाधिक ६९ रन बनाए ।
त्यस्तै चाल्र्स हिन्जा ३६ बलमा ५ चौकासहित ४० रनमा आउट हुँदा किफेर लेक २७ बलमा ५ चौकासहित ३१ रनमा अविजित रहिन् । युएईका हश्रित सेठले दुई, आयन खान र ध्रुब परेशारले १-१ विकेट लिए ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको युएईले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै ३ सय २० रन बनाएका थियो । युएईका आयन खानले ४१ बलमा ६ चौका र ३ छक्कासहित सर्वाधिक ६७ रनमा नट आउट रहे । ध्रुब परेशार ६५, मरुफ मेरचान्ट ६० र तनिश सुरी ४३ रनमा आउट भए । जापानका आराव तिवारी र चाल्र्स हिन्जाले २–२ विकेट लिए ।
समूह बी बाट युएई ३ खेलमा २ मा जित र १ मा हारसहित ४ अंकका साथ दोस्रो स्थानमा रह्यो । युएईले समूह ए को विजेता पाकिस्तानसँग शुक्रबार सेमिफाइनल खेल्नेछ । समूह बी मा ३ खेलमा अपराजित रहँदै बंगलादेश शीर्षस्थानमा रह्यो । बंगलादेशले शुक्रबार नै समूह ए को उपविजेता भारतसँग खेल्नेछ ।
नेपाल भने समूह ए मा तीन खेलमा नै पराजित हुँदै बाहिरिएको थियो । श्रीलंका ३ खेलमा २ अंकका साथ तेस्रो स्थानमा रहेर बाहिरियो ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]