default_image

8 months ago

December 13, 2023

भारताथि नेपालको सानदार जित

1612 views

0 Bookmark

एजेन्सी – नेपालको नेत्रहिन महिला किकेट टोलीले तेस्रो टि२० अभ्यास खेलमा भारतलाई १० विकेटले हराएको छ । जितको लागि १ सय ७२ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १९.१ ओभरमा कुनै विकेट नगुमाई पूरा गर्यो ।

नेपालको जितमा कप्तान बिनिता पुनले ६० बलमा ७ चौकासहित सर्वाधिक ७८ रन बनाइन् । मनकेशी चौधरीले ५७ बलमा ५ चौकासहित ७५ रन बनाइन् ।

त्यसअघि त्यसअघि मुम्बईको जिमखाना पुलिस मैदानमा पहिला ब्याटिङको गरेको भारतले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ७१ रन बनाएको थियो ।

भारतकी सुमी दासले ६१ बलमा सर्वाधिक ८४ रन बनाएकी थिइन् । सुरुवाती दुई खेलमा नेपाल ४ रन र ८ रनले पराजित भएको थियो । पाँच खेलको सिरिजमा चौथो खेल बिहीबार र पाँचौं तथा अन्तिम खेल शुक्रबार हुनेछ ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.