default_image

8 months ago

December 14, 2023

राजमतिको उत्कृष्ट ब्याटिङमा एफिएफलाई एक खेल अगावै सिरिज

579 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – बायाँ हाते युवा ब्याटर राजमति ऐरीको उत्कृष्ट ब्याटिङमा नेपाल एपिएफ क्लबले दोस्रो टि२० खेलमा बागमती प्रदेशलाई ६२ रनले हराएको छ । योसँगै तीन खेलको सिरिज एक खेल अगावै जितेको छ ।

जितको लागि १ सय ४४ रनको विजयी लक्ष्य पछ्याएको बागमतीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ८१ रन बनायो । बागमतीको लागि सलिना सिलवालले ३६ बलमा १ चौकासहित सर्वाधिक २१ रन बनाइन् । यशु पाण्डे १६ बलमा २ चौकासहित २० रनमा नट आउट रहिन् ।

अन्य ब्याटरले भने राम्रो प्रदर्शन गर्न सकेनन् । ओपनर हेसिला गुरुङ ११, कन्चन श्रेष्ठ ४, अस्मिता खरेल ५, सुजिता थापा ३, एली यादव ८ र खुशी डंगोल १ रनमा आउट भइन् । विपिशा शाही ४ रनमा नट आउट रहिन् ।

एपिएफकी स्पिनर निशा भ्टटले ४ ओभरमा १६ रन खर्चेर २ विकेट लिइन् । तीव्र गतिकी बलर रेखा रावलले ३ ओभरमा २० रन खर्चेर २ विकेट लिइन् । सोनु खड्का र करुणा भण्डारीले १–१ विकेट लिइन् ।

त्यसअघि तल्लो मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल एपिएफ क्लबले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १ सय ४३ रन बनाएको थियो । ओपनर राजमति ऐरी ६३ बलमा ५ चौका र २ छक्कासहित ६९ रनमा नट आउट रहिन् । ममता चौधरी ४२ बलमा ५ चौकासहित ४६ रनमा आउट भइन् ।

एपिएफलाई ओपनर राजमति र ममताले पहिलो विकेटका लागि १५.१ ओभरमा १ सय २ रनको शतकीय साझेदारी गरेका थिए । रोमा थापा ३ र सरिता मगर १० रनमा आउट भइन् ।

बागमतीको लागि युवा तीव्र गतिकी बलर कृष्मा गुरुङले ४ ओभरमा २६ रन खर्चेर २ विकेट लिइन् । खुशी डंगोलले १ विकेट लिइन् । पहिलो खेलमा बागमती ७२ रनले पराजित भएको थियो । तेस्रो तथा अन्तिम खेल शुक्रबार हुनेछ । खेल बिहान साढे १० बजे सुरु हुनेछ ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.