2 years ago
December 14, 2023
बुटवल ( हाम्रो खेलकुद) – निजी क्षेत्रको लगानीमा निर्माणाधीन एक्स्ट्राटेक ओभल क्रिकेट मैदान
फागुनबाट सञ्चालनमा आउने भएको छ ।

मैदान निर्माणस्थल रुपन्देहीको तिलोत्तमा नगरपालिका १७ दरखसवामा बिहीबार पत्रकार सम्मेलन गर्दै एक्स्ट्राटेक ओभल प्रालिका निर्देशक विनोद कुँवरले मैदानको पहिलो चरण निर्माण अन्तिम चरणमा पुगेको जानकारी दिए ।
निर्देशक कुँवरले निर्माणाधिन क्रिकेट रंगशाला अन्तर्राष्ट्रिय मापदण्डअनुसार रहेको बताए । उनले मैदानमा सात वटा पिच रहेको र फागुन १ गतेबाट प्रतियोगिताका लागि खेल्न योग्य हुने स्पष्ट पारे।
उनले वैशाख सम्ममा पहिलो चरण सक्ने योजना रहेपनि त्यो भन्दा ४ महिना अघि नै पूरा भएकोमा खुसी व्यक्त गरे ।
रंगशलामा पेभेलियन, ड्रेसिङ रुम र अन्य रुमहरु निर्माणको काम माघ महिनाबाट सुरु गर्ने पनि निर्देशक कुवँरले जानकारी। त्यसपछि ५ हजार दर्शक क्षमता प्यारापिट निर्माण गरिने बताइएको छ । कुँवरले आगामी दशैं सम्ममा रंगशालाको सम्पूर्ण काम पूरा हुने प्रतिबद्धता जनाए ।

प्रदेश खेलकुद परिषद् लुम्बिनीका सदस्यसचिव जयप्रकाश भट्टराईले मैदानमा धेरै भन्दा धेरै प्रतियोगिता सञ्चालनका लागि पहल गर्ने प्रतिबद्धता जनाए । उनले नेपाल क्रिकेट संघ (क्यान) सँग सहकार्य गरेर प्रतियोगिताहरु सन्चालन गर्न आग्रह गरे।
उनले भने, ‘ खेल्न मिल्ने एक महिनाअघि पत्र पठाउनु होला, प्रदेश खेलकुद परिषद्ले प्रदेश स्तरीय क्रिकेट प्रतियोगिता गर्नेछ।’
जग्गा बाहेक ४० करोड रुपैयाँ लागतमा मैदान, पेभेलियन चेन्जिङ रुम, होस्टल, अभ्यास मैदान निर्माण हुने बताइएको छ ।

रुपन्देही जिल्ला क्रिकेट संघका अध्यक्ष हरिबहादुर थापाले एक्स्ट्राटेकसँग क्रिकेट विकासका लागि सहकार्य गर्न जिल्ला संघ तयार रहेको बताए ।
क्यानका पूर्व कार्यवाहक सचिव प्रशान्त मल्लले एक्स्ट्राटेक छिटो गतिको काम गर्नमा एक्स्ट्राटेकले उदाहरण प्रस्तुत गरेको बताए ।
मैदानका ब्रान्ड एम्बेसडर राष्ट्रिय क्रिकेट टोलीका पूर्व खेलाडी शक्ति गौचनले भौतिक पूर्वाधार निर्माणले नेपालको क्रिकेट विकासमा महत्वपूर्ण भूमिका रहने विश्वास व्यक्त गरे।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]