default_image

7 months ago

December 15, 2023

पाकिस्तानलाई हराउँदै युएई ऐतिहासिक फाइनलमा

7042 views

0 Bookmark

एजेन्सी – घरेलु टोली युएईले एसिसी यू१९ एसिया कपमा पाकिस्तानलाई ११ रनले हराउँदै फाइनलमा पुगेको छ । युएई यू१९ एसिय कप इतिहासमा फाइनलमा पहिलो पटक पुगेको हो ।

जितको लागि १ सय ९४ रनको विजयी लक्ष्य पछ्याएको पाकिस्तान ४९.३ ओभरमा १ सय ८२ रनमा अल आउट भयो । पाकिस्तानका कप्तान साद बेगले ५२ बलमा ४ चौका र १ छक्कासहित ५० रनमा आउट भए ।

त्यस्तै आजन अवैस ७१ बलमा ५ चौकासहित ४१ रनमा आउट भए । अमिर हसन २७ र अली असफन्दलाई १६ रन बनाए । अन्य कुनैपनि पाकिस्तानी ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।

युएईको जितमा हार्दिक पैइ र आमान अहमदले दुई दुई विकेट लिए । ओमैद रहमान, ध्रुब परेशार र आमर बाद्मीले एक एक विकेट लिए ।

त्यसअघि आइसिसी एकेडेमी ओभल मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युएई ४७.५ ओभरमा १ सय ९३ रनमा अल आउट भयो । युएईका कप्तान आयन खानले ५७ बलमा ७ चौकासहित सर्वाधिक ५५ रन बनाए । एथान डी सोल्झा ३७ र ओपनर अर्यांश शर्मा ४६ रनमा आउट भए ।

पाकिस्तानका तीव्र गतिका बलर उबेद शाहले ९.५ ओभरमा ४४ रन खर्चेर ४ विकेट लिए । अरफत मिन्हास र अली असफन्दले समान दुई विकेट लिए । मोहम्मद जिशान र अमिर हसनले समान एक एक विकेट लिए ।

अर्को सेमिफाइनल खेलमा बंगलादेशले भारतलाई ४ विकेटले हराउँदै फाइनलमा स्थान बनाएको थियो । फाइनलमा युएई र बंगलादेशबीच प्रतिस्पर्धा हुनेछ ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.