default_image

7 months ago

December 16, 2023

प्रधानमन्त्री कपको खेल तालिका सार्वजनिक

597 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले प्रधानमन्त्री कप महिला टि२० राष्ट्रिय प्रतियोगिता खेल तालिका सार्वजनिक गरेको छ । पिएम कप महिला प्रतियोगिता पहिलो पटक राउन्ड रोविनको आधारमा हुनुको साथै प्लेअफ शैलीमा नकआउट खेलहरु हुने भएका छन् ।

पिएमकप महिला पुष ५ देखी १७ गतेसम्म मुलपानी र टियु क्रिकेट मैदानमा हुनेछ । प्रतियोगितामा ७ प्रदेश र नेपाल एपिएफ क्लबको सहभागीता रहनेछ । पहिलो पटक राउन्ड रोविनको आधारमा खेल हुनेछ । सबै टोलीले एक अर्कासँग खेल्नेछन् । शीर्ष चार टोली प्लेअफमा पुग्नेछन् ।

शीर्ष दुई टोलीले पहिलो क्वालिफायर खेल्नेछन् । विजेता टोली फाइनलमा पुग्दा पराजित हुने टोलीले दोस्रो क्वालिफायर खेल्ने अवसर पाउनेछ । एलिमिनेटरमा तेस्रो र चौथो स्थानमा रहने टोली भिड्नेछन् । एलिमिनेटरको विजेताले पहिलो क्वालिफायरमा पराजित हुने टोलीसँग फाइनलमा पुग्न प्रतिस्पर्धा गर्नेछ ।

यसअघि पिएमकप महिला दुई समूहमा विभाजन गरेर सेमिफाइनल हुँदै फाइनल खेलाइने गरिन्थ्यो । तर क्यानले यस पटक देखी नयाँ शैलीमा आयोाजना गर्न लागेको हो ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.