1 year ago
December 17, 2023
एजेन्सी – युएईले एसिसी यू१९ एसिया कपको फाइनलमा आज उपाधिको लागि बंगलादेशसँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान ११ : १५ मा दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा सुरु हुनेछ । दुबै टोली पहिलो पटक उपाधि जित्ने सोचमा हुनेछन् ।
युएईले सेमिफाइनलमा पाकिस्तानलाई ११ रन तथा बंगलादेशले भारतलाई ४ विकेटले हराउँदै फाइनलमा पुगेका हुन् । युएई पहिलो पटक र बंगलादेश दोस्रो पटक फाइनल खेलेका हुन् । दुबै टोलीले हालसम्म एसिया कपको उपाधि जितेका छैनन् । युएई घरेलु मैदानको भरपूर्ण फाइदा उठाउँदै उपाधि जित्न चाहन्छ ।
युएईको टोलीमा आयन खान, अर्यांश शर्मा र एथान डि सोल्झा सिनियर टोलीबाट खेलेका खेलाडी हुन् । युएईलाई फाइनलमा पुर्याउन कप्तान आयन खानको प्रदर्शन निकै महत्वपूर्ण छ ।
आजको खेलमा पनि युएई उनीबाट अलराउन्ड प्रदर्शन चाहन्छ । अर्यांश शर्माले ओपनिङका साथ राम्रो प्रदर्शन गर्दै आएका छन् । युवा विकेटकिपर तानिश सुरीले श्रीलंकाविरुद्ध ७५ रन बनाएका थिए । यस प्रतियोगितामा राम्रो प्रदर्शन गरेका छन् ।
उता भारतलाई हराउन अरिफुल इस्लामले ९४ रनको सानदार इनिङ खेलेका थिए । उनी बंगलादेशका प्रमुख हतियार हुन् । समूह चरणमा युएई बंगलादेशसँग ६१ रनले पराजित भएको थियो । युएईले बंगलादेशलाई २ सय २८ रनमा अल आउट गरेपनि उक्त लक्ष्य पूरा गर्न सकेको थिएन ।
उक्त खेलमा बंगलादेशका ओपनर आशिकुर रहमान शिब्लीले ७१ रन बनाएका थिए । युएईका अलराउन्डर ध्रुब पराशारले ६ विकेट लिएका थिए ।
युएईका युवा अलराउन्डर ध्रुब गत वर्ष यू१९ विश्वकप एसिया क्षेत्र छनोटका सर्वोत्कृष्ट खेलाडी समेत हुन् । नेपाल भने समूह ए मा भारत, पाकिस्तान र अफगानिस्तान तीनै टोलीसँग पराजित हुँदै बाहिरिएको थियो ।
January 24, 2025
काठमाडौं(हाम्रो खेलकुद) – कप्तान पूजा महतोको अलराउण्ड प्रदर्शनमा नेपालले मलेसियामा जारी आइसिसी यु १९ महिला विश्व कपमा घरेलु टोलीलाई हराएको छ । मलेसियालाई शुक्रवार ७ विकेटले हराउँदै नेपालले आइसिसी यु १९ महिला विश्व कपमा पहिलो जित हासिल गरेको हो । ४६ रनको लक्ष्य नेपालले ११ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । नेपालको जितमा कप्तान […]
January 24, 2025
काठमाडौं(हाम्रो खेलकुद) – मलेसियामा जारी आइसिसी यु १९ महिला विश्व कपमा नेपालविरुद्ध घरेलु टोली सस्तैमा समेटिएको छ । मलेसियामा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको घरेलु टोलीले १६.५ ओभरमा अल आउट हुदै ४५ रन मात्र जोड्न सक्यो । मलेसियाका लागि नुरिमानले सर्वाधिक १५ रन जोड्नु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउँन सकेनन् । नेपालका […]
January 24, 2025
काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली नेपाल एपिएफ क्लब अपराजित रहँदै कैलालीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । शुक्रवार भएको सुपर फोरको खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ६९ रनले पराजित गर्दै फाइनलमा पुगेको हो । समूह ए मा रहेको एपिएफले समूह चरणमा खेलेको सबै ४ तथा सुपर फोरको […]