default_image

7 months ago

December 17, 2023

आइपिएल अक्सनमा धनको वर्षा हुनसक्ने ८ खेलाडी

4680 views

0 Bookmark

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२४ को अक्सन मंगलबार दुबईमा हुँदैछ । ३ सय ३३ खेलाडी आइपिएल अक्सनमा हुनेछन् ।

अक्सनमा ३० विदेशीसहित बढीमा ७७ खेलाडी बिक्री हुनेछन् । आइपिएल विश्व क्रिकेटमा खेलाडीलाई सर्वाधिक पारिश्रमिक दिने फ्रेन्चाइज टि२० प्रतियोगिता हो । एकै रातबाट खेलाडी करोडपति बन्ने गर्दछन् । आइपिएलमा धेरै फ्रेन्चाइज टोलीलाई एकै खेलाडी आवश्यक परेको खण्डमा अक्सनमा धनको वर्षा हुने गर्दछ ।

अक्सनमा खेलाडीले पाउने मूल्य फ्रेन्चाइज टोलीको प्रतिस्पर्धामा भरपर्नेछ । अक्सनमा फ्रेन्चाइज टोलीले आफ्नो आवश्यकता पूरा गर्न खेलाडीको क्षमता र पछिल्लो समयको प्रदर्शनलाई आधार मानेर मूल्य लगाउने गर्दछन् ।

यस पटक अक्सनमा अघिल्लो महिना विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीमाथि धनको वर्षा हुने अनुमान गरिएको छ । आइपिएल २०२४ को अक्सनमा धनको वर्षा हुनसक्ने ८ खेलाडी यस प्रकार छन् ।

८.वानिन्दु हसरंगा (स्पिन अलराउन्डर)

श्रीलंकाका स्पिन अलराउन्डर वानिन्दु हसरंगा अक्सनमा महँगो मूल्य पाउन सक्ने खेलाडी हुन् । हसरंगाले स्पिन आक्रामणसँगै तल्लोक्रममा राम्रो ब्याटिङ गर्ने गर्दछन् ।

२०२२ को मेघा अक्सनमा उनलाई रोयल च्यालेन्जर्स बेंगलोरले १० करोड ७५ लाख भारुमा किनेको थियो । बेंगलोरले फुकुवा गरेपछि अक्सनमा हसरंगाले न्यूनतम मूल्य १ करोड ५० लाख भारु राखेका छन् ।

हसरंगाले ५८ टि२० आई खेलमा ९१ विकेट लिई सकेका छन् । अन्तर्राष्ट्रिय क्रिकेटमा उनले उच्च प्रदर्शन गर्दै आएका छन् । म्याच विनर अलराउन्डर हुँदा महँगो मूल्य पाउने अनुमान गरिएको छ ।

७.जोश हेजलवुड (बलर)

अष्ट्रेलियाका तीव्र गतिका बलर जोश हेजलवुडलाई बेंगलोरले टोलीबाट फुकुवा गरेको थियो । उनलाई बेंगलोरले २०२२ को मेघा अक्सनमा ७ करोड ७५ लाख भारुमा किनेको थियो । अष्ट्रेलियालाई २०२१ को टि२० विश्वकप, २०२३ को एकदिवसीय विश्वकप र टेस्ट च्याम्पियनसिपको उपाधि जिताउन उत्कृष्ट प्रदर्शन गरेका थिए ।

हेजलवुडले नयाँ बलका साथ विश्व क्रिकेटमा लगातार सानदार प्रदर्शन गर्दै आएका छन् । भारतलाई फाइनलमा हराउँदै विश्वकप उपाधि जिताउन अघिल्लो महिना सानदार प्रदर्शन गरेका थिए ।

चेन्नई, कोलकाता, लखनऊ, मुम्बई र बेंगलोरलाई विदेशी तीव्र गतिका बलर आवश्यक छ । जसले गर्दा न्यूनतम मूल्य २ करोड भारु राखेका हेजलवुड सबै टोलीको प्राथमिकतामा हुँदा महँगो मूल्य पाउन सक्छन् ।

६.डर्याल मिचेल (अलराउन्डर)

न्युजिल्यान्डका स्टार अलराउन्डर डर्याल मिचेल यस पटक अक्सनमा महँगो मूल्यमा बिक्न सक्छन् । मिचेलले अक्सनमा १ करोड ५० लाख भारु न्यूनतम राखेका छन् । पछिल्लो समय उनले अन्तर्राष्ट्रिय क्रिकेटमा लगातार सानदार प्रदर्शन गर्दै आएका छन् ।

उनलाई बिग म्याच अलराउन्डर पनि भन्ने गरिन्छ । विश्वकपको सेमिफाइनल खेलमा भारतविरुद्ध १ सय १९ बलमा ९ चौका र ७ छक्कासहित १ सय ३४ रनको सानदार शतकीय इनिङ खेलेका थिए ।

त्यस्तै लिग चरणमा भारतविरुद्ध उनले १ सय २७ बलमा ९ चौका र ५ छक्कासहित १ सय ३० रनको शतकीय इनिङ खेलेका थिए । विश्वकप २०२३ मा उनले १० खेलमा २ शतकसहित कुल ५ सय ५२ रन बनाएका थिए । २०२१ को टि२० विश्वकपको सेमिफाइनलमा इंग्ल्यान्डलाई हराउन उनले ७२ रनको अविजित इनिङ खेलेका थिए ।

ठूला सर्टका लागि माहिर उनी तीव्र गतिका बलर पनि हुन् । त्यसैले उनलाई किन्न फ्रेन्चाइज टोलीबीच अक्सनमा कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।

५.प्याट कमिन्स (अलराउन्डर)

अष्ट्रेलियालाई विश्वकप उपाधि जिताउदाका सुपर हिरो प्याट कमिन्स पनि अक्सनमा महँगो मूल्य पाउन सक्छन् । कमिन्स तीव्र गतिमा बलिङसँगै तल्लोक्रममा आक्रामक ब्याटिङ गर्ने गर्दछन् । २०२० को अक्सनमा कोलकाताले उनलाई १५ करोड ५० लाख भारुमा किनेको थियो ।

गतवर्ष भने राष्ट्रिय टोलीलाई प्राथमिकतामा राख्दै आइपिएल नखेल्ने निर्णय लिएका थिए । उनले कोलकाता, दिल्ली र मुम्बईबाट आइपिएल खेली सकेका छन् । अष्ट्रेलियालाई विश्वकप जिताउन उनको कप्तानी पनि त्यतिकै उत्कृष्ट रह्यो ।

कमिन्सले २०२२ को आइपिएलमा कोलकाताबाट मुम्बईविरुद्ध १५ बलमा ४ चौका र ६ छक्कासहित ५६ रन जोड्दै रोमान्चक जित दिलाएका थिए । कमिन्स बलिङ अलराउन्डरसँगै कप्तानको विकल्प पनि हुँदा महँगो मूल्य पाउन सक्छन् ।

४.जेराल्ड कोट्जी (बलर)

दक्षिण अफ्रिकाका युवा तीव्र गतिका बलर जेराल्ड कोट्जी पनि अक्सनमा महँगो मूल्यमा जान सक्ने खेलाडी हुन् । विश्वकप २०२३ मा सानदार प्रदर्शन गरेपछि उनको सम्भावना बढी भएको हो ।

दक्षिण अफ्रिकालाई सेमिफाइनलसम्म पुर्याउन कोट्जीले विश्वकपमा सानदार प्रदर्शन गर्दै ८ खेलमा २० विकेट लिएका थिए ।कोट्जी बाउन्सर बलका लागि माहिर छन् । उनलाई दक्षिण अफ्रिकाका दोस्रो डेल स्टेन पनि भन्ने गरिन्छ ।

हालसम्म आइपिएल नखेलेका उनले न्यूनतम मूल्य २ करोड भारु राखेका छन् । २३ वर्षीय कोट्जीले दक्षिण अफ्रिकाबाट २ टेस्ट, १४ ओडिआई र ३ टि२० आई खेल खेलेका छन् । उनले तल्लोक्रममा राम्रो ब्याटिङको पनि क्षमता राख्ने गर्दछन् । त्यसैले अक्सनमा कोट्जीमाथि धनको वर्षा हुनसक्छ ।

३.रचिन रविन्द्र (अलराउन्डर)

न्युजिल्यान्डका युवा अलराउन्डर रचिन रविन्द्रले अक्सनमा महँगो मूल्य पाउन सक्छन् । विश्वकप २०२३ मा सानदार प्रदर्शन गरेको हुँदा रचिनले महँगो मूल्य पाउने अनुमान गरिएको छ ।

न्युजिल्यान्डलाई सेमिफाइनल सम्म पुर्याउन उनले १० खेलमा ३ शतक र २ अर्धशतकसहित कुल ५ सय ७८ रन बनाउनुको साथै ५ विकेट लिएका थिए । रचिनले स्पिन बलिङ पनि राम्रो गर्ने गर्दछन् । निडर स्वभाव र आक्रामक ब्याटिङ गर्ने रचिन यस पटकमा महँगो मूल्यमा बिक्न सक्छन् ।

रचिनले अक्सनमा ५० लाख भारु मात्रै न्यूनतम मूल्य राखेका छन् । यस पटक अक्सनमा रचिनलाई किन्न कोलकाता, बेंगलोर, चेन्नई र मुम्बईबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।

२.ट्रविस हेड (अलराउन्डर)

अष्ट्रेलियालाई विश्वकप २०२३ को उपाधि जिताउन महत्वपूर्ण प्रदर्शन गर्ने बायाँ हाते ब्याटर ट्रविस हेडलाई अक्सनमा धनको वर्षा हुनसक्ने अनुमान गरिएको छ । फाइनलमा भारतलाई हराउन ४७–३ को अवस्थाबाट १ सय २० बलमा १५ चौका र ४ छक्कासहित १ सय ३७ रन बनाएका थिए ।

त्यसअघि सेमिफाइनलमा दक्षिण अफ्रिकालाई हराउन ६२ रन बनाउनुको साथै २ विकेट लिएका थिए । हेड बिग म्याच प्लेयर हुन् । २०२३ को टेस्ट च्याम्पियनसिपको फाइनलमा भारतलाई हराउन १ सय ६३ रनको इनिङ खेलेका थिए ।

हेडले ओपनिङ र मध्यक्रम दुबैमा आक्रामक ब्याटिङको क्षमता राख्छन् । त्यस्तै पार्टटाइम स्पिनर पनि हुन् । अक्सनमा हेडलाई किन्न धेरै फ्रेन्चाइज टोलीबीच प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।

१.मिचेल स्टार्क (बलर)

अष्ट्रेलियाका तीव्र गतिका बलर मिचेल स्टार्क अक्सन २०२४ मा सबैभन्दा बढी महँगो मूल्यमा बिक्न सक्ने खेलाडी हुन् । स्टार्क बिग म्याच प्लेयर हुन् । उनको स्वींग, गति र योर्करको सामना गर्न कुनै पनि विपक्षी ब्याटरलाई सहज हुँदैन । २०१५ र २०२३ को एकदिवसीय विश्वकप उपाधि जिताउन स्टार्कको प्रदर्शन महत्वपूर्ण थियो ।

त्यस्तै २०२१ को टि२० विश्वकप जिताउन पनि महत्वपूर्ण प्रदर्शन गरेका थिए । स्टार्कले नयाँ बलका साथ इन स्वींग र डेथ ओभरमा योर्करका साथ विपक्षी ब्याटरलाई कठिनमा पार्दै आएका छन् ।

स्टार्कले २०१४ मा बेंगलोरबाट आइपिएलमा दिल्लीविरुद्ध डेब्यू गरेका थिए । २०१५ पछि स्टार्कले आइपिएल खेलेका छैनन् । स्टार्कलाई २०१८ को अक्सनमा कोलकाताले ९ करोड ४० लाख भारुमा किनेको थियो । तर चोटका कारण खेलेका थिएनन् ।
पछिल्लो केहि वर्ष यता स्टार्कले अक्सनमा आफ्नो नाम नै दिएका थिएनन् ।

अष्ट्रेलियाको टोली र परिवारलाई समय दिने भन्दै आइपिएल नखेल्ने निर्णय लिएका थिए । तर यस पटक उनले अक्सनमा २ करोड न्यूनतम मूल्यमा आफ्नो नाम दर्ता गराएका छन् ।

उनलाई किन्न बेंगलोरले बढी मूल्य लगाउने देखिन्छ । बेंगलोरसँग अक्सनमा कुल खर्च गर्न पाउने रकम २३ करोड २५ लाख मात्रै भारु छ । बेंगलोरसँगै चेन्नई, कोलकाता, दिल्ली, मुम्बई र हैदराबादले अक्सनमा स्टार्कलाई किन्न मूल्य लगाउने देखिन्छ । अक्सनमा धेरै टोलीको रोजाईमा स्टार्क देखिन्छन् । त्यसैले यस पटक अक्सनमा सबैभन्दा बढी मूल्य पाउन सक्ने अनुमान गरिएको छ ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.