default_image

7 months ago

December 17, 2023

बंगलादेशले पहिलो पटक जित्यो यू-१९ एसिया कपको उपाधि

4995 views

0 Bookmark

एजेन्सी – बंगलादेशले एसिसी यू१९ एसिया कपको फाइनलमा युएईलाई १ सय ९५ रनले हराउँदै पहिलो पटक उपाधि जितेको छ । जितको लागि २ सय ८३ रनको विजयी लक्ष्य पछ्याएको युएई २४.५ ओभरमा ८७ रनमा अल आउट भयो । युएईका ध्रुब पराशरले ३९ बलमा २ चौकासहित सर्वाधिक २४ रन बनाए ।

युएईका ९ खेलाडी दोहोरो अंकमा रन बनाउन सकेनन् । बंगलादेशको जितमा मरुफ मरिधा र रोहनात बोस्रनले तीन तीन विकेट लिए । इकबाल हुसेन एमोन र शेख जिवनले समान दुई विकेट लिए ।

त्यसअघि दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बंगलादेशले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ८२ रन बनाएको थियो । बंगलादेशको जितमा ओपनर आशिकुर रहमानले १ सय ४९ बलमा १२ चौका र १ छक्कासहित १ सय २९ रनको शतकीय इनिङ खेले ।

मोहम्मद रिजवानले ७१ बलमा ४ चौका र १ छक्कासहित ६० रनको योगदान दिए । रिजवान र रहमानले दोस्रो विकेटका लागि १ सय २५ रनको शतकीय साझेदारी गरेका थिए । अरिफुल इस्लामले ४० बलमा ६ चौकासहित ५० रन बनाए । तेस्रो विकेटका लागि इस्लाम र रहमानले ८६ रनको साझेदारी गरेका थिए ।

युएईका तीव्र गतिका बलर आयमान अहमदले १० ओभरमा ५२ रन खर्चेर ४ विकेट लिए । ओमैद रहमानले १० ओभरमा ४१ रन खर्चेर २ विकेट लिए ।

आयन खान र ध्रुब पराशरले एक एक विकेट लिए । सेमिफाइनलमा युएईले पाकिस्तानलाई तथा बंगलादेशले भारतलाई हराउँदै फाइनलमा स्थान बनाएका थिए ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.