default_image

7 months ago

December 18, 2023

अझै पनि यसरी आइपिएल अक्सनमा पर्न सक्छन् नेपाली खेलाडी

6785 views

0 Bookmark

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२४ को अक्सन मंगलबार दुबईमा हुँदैछ । अक्सनको लागि भारतीय क्रिकेट बोर्डले सष्ट लिष्टमा परेका ३ सय ३३ खेलाडीको नाम सार्वजनिक गरेको छ । एसोसिएटबाट नामिबियाका डेविड विजा र नेदरल्यान्ड्सका पाउल भान मार्केन मात्रै छन् ।

नेपालका खेलाडीले आइपिएलमा नाम दर्ता गराए पनि सर्ट लिष्टमा पर्न सकेनन् । तर अझै पनि नेपाली खेलाडी आइपिएलको अक्सनमा भने पर्न सक्ने सम्भावना बाँकी छ ।

तर त्यसको लागि कुनै फ्रेन्चाइज टोलीले बिसिसिआईलाई आग्रह गर्नुपर्छ । आफूले किन्न चाहेको खेलाडी सर्ट लिष्टमा छुटेको खण्डमा फ्रेन्चाइज टोलीले बिसिसिआईलाई आग्रह गरेर राख्न सक्छन् । नेपाली खेलाडी अक्सनमा जान कुनै फ्रेन्चाइज टोलीले नाम सिफारिश गर्नुपर्ने हुन्छ ।

नेपालका स्पिनर सन्दीप लामिछाने २०१८ को आइपिएल अक्सनमा सुरुवाती नाम नै दर्ता गराएका थिएनन् । तर तत्कालिन दिल्ली डेयर डेभिल्स (दिल्ली क्यापिटल्स) को आग्रहमा सन्दीप आइपिएलको अक्सनमा राखिएको थियो ।

त्यो समय नेपाल क्रिकेट संघ (क्यान) आइसिसीको निलम्बनमा थियो । सन्दीपले आफ्नो म्यानेजर मार्फत दर्ता गराउन खोजेका थिए । तर आइपिएलमा नाम दर्ता सम्बन्धित क्रिकेट बोर्ड मार्फत मात्रै हुने गर्दछ । त्यसैको कारण सन्दीपको नाम सुरुवातमा दर्ता भएको थिएन ।

त्यो समय २०१८ को आइपिएलमा कुल ११ सय २२ खेलाडीले नाम दर्ता गराउँदा सन्दीप परेका थिएनन् । तर सन्दीप सर्ट लिष्ट ५ सय ७८ मा परेका थिए ।

सन्दीपलाई अक्सनमा दिल्लीले २० लाख भारुमा किनेको थियो । सन्दीप २०२० सम्म दिल्लीमा रहेका थिए । २०२० पछि भने दिल्लीले उनलाई फुकुवा गरेको थियो । त्यसपछि सन्दीपलाई अक्सनमा कुनैपनि टोलीले मूल्य लगाएका छैनन् ।

आगामी आइपिएल अक्सनमा नेपालबाट दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने र कुशल मल्ल लगायतका केहि खेलाडी बिक्न सक्ने सम्भावना छ ।

पछिल्लो एक वर्षमा नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा सानदार प्रदर्शन गरेको हुँदा आइपिएल सम्भावना पनि बढेको हो । एसिसी इमर्जिङ टिम्स एसिया कप, एसिया कप र १९ औं एसियाली खेलकुदमा नेपालले यस वर्ष भारतविरुद्ध खेल्दै राम्रो प्रदर्शन गरेको हुँदा नेपाली खेलाडीको आइपिएलमा बिक्ने सम्भावनाको आशा बढेको हो ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.