default_image

7 months ago

December 17, 2023

अर्शदीप र आवेशको उत्कृष्ट बलिङमा भारतको सहज जित

1688 views

0 Bookmark

एजेन्सी – तीव्र गतिका बलर अर्शदीप सिंह र आवेश खानको उत्कृष्ट बलिङमा भारतले पहिलो ओडिआई खेलमा घरेलु टोली दक्षिण अफ्रिकालाई ८ विकेटले हराएको छ । योसँगै तीन खेलको सिरिजमा भारतले १-० को अग्रता लिएकोछ ।

जितको लागि १ सय १७ रनको सामान्य विजयी लक्ष्य पछ्याएको भारतले १६.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । भारतको जितमा डेब्यू खेल खेलेका साई सुदर्शन ४३ बलमा ९ चौकासहित ५५ रनमा नट आउट रहे ।

श्रेयस ऐर ४५ बलमा ६ चौका र १ छक्कासहित ५२ र ऋतुराज गायकवाड ५ रनमा आउट भए । दक्षिण अफ्रिकाका विवान मुल्डार र एन्डिले फेहलुकवायोले १- १ विकेट लिए ।

त्यसअघि जोहानेसबर्गमा टस जितेर पहिला ब्याटिङ रोजेको दक्षिण अफ्रिका २७.३ ओभरमा १ सय १६ रनमा अल आउट भएको थियो । दक्षिण अफ्रिकाका एन्डिले फेहलुकवायो ४९ बलमा ३ चौका र २ छक्कासहित सर्वाधिक ३३ रन बनाए । टोनी डी जोर्जी २२ बलमा २ चौका र २ छक्कासहित २८ तथा एडेन माक्ररम १२ रनमा आउट भए ।

ओपनर रिजा हेन्ड्रिक्स, रास्सी भान डर डुसेन र विवान मुल्डेर शून्यमा आउट भए । डेविड मिलर २ रनमा आउट भएका थिए ।
भारतका तीव्र गतिका बलर अर्शदीप सिंहले १० ओभरमा ३७ रन खर्चेर ५ विकेट लिए । ओडिआईमा अर्शदीपले पहिलो पटक पाँच विकेट लिएका हुन् ।

आवेश खानले ८ ओभरमा ३ मेडनसहित २७ रन खर्चेर ४ विकेट लिए । दोस्रो खेल मंगलबार र तेस्रो खेल बिहीबार हुनेछ । तीन खेलको टि२० आई सिरिज १(१ को बराबरीमा सकिएको थियो । त्यसपछि दुई खेलको टेस्ट सिरिज हुनेछ ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.