2 years ago
December 18, 2023
काठमाडौं (हाम्रो खेलकुद) – युवा ब्याटर किरण कुँवरको कप्तानीमा कर्णाली प्रदेशले बिहीबार देखी काठमाडौंमा सुरु हुने प्रधानमन्त्री कप महिला टि२० राष्ट्रिय प्रतियोगिता खेल्ने टोली घोषणा गरेको छ । घोषणा टोलीमा किरणसँगै युवा अलराउन्डर अन्जु गुरुङ, बिना थापा र तृर्सना विश्वकर्मा लगायका खेलाडी छन् ।

किरणले गतवर्ष नेपालबाट यू-१९ राष्ट्रिय टोलीबाट खेलेकी थिइन् । बिनाले गतवर्ष कर्णालीको कप्तानी गरेकी थिइन् । अन्जुले कर्णालीबाट अलराउन्ड प्रदर्शन गर्दै आएकी छिन् ।
पिएमकप महिला पुष ५ देखी १७ गतेसम्म मुलपानी र टियु क्रिकेट मैदानमा हुनेछ । प्रतियोगितामा ७ प्रदेश र नेपाल एपिएफ क्लबको सहभागीता रहनेछ । पहिलो पटक राउन्ड रोविनको आधारमा खेल हुनेछ । सबै टोलीले एक अर्कासँग खेल्नेछन् । शीर्ष चार टोली प्लेअफमा पुग्नेछन् ।
शीर्ष दुई टोलीले पहिलो क्वालिफायर खेल्नेछन् । विजेता टोली फाइनलमा पुग्दा पराजित हुने टोलीले दोस्रो क्वालिफायर खेल्ने अवसर पाउनेछ । एलिमिनेटरमा तेस्रो र चौथो स्थानमा रहने टोली भिड्नेछन् ।
एलिमिनेटरको विजेताले पहिलो क्वालिफायरमा पराजित हुने टोलीसँग फाइनलमा पुग्न प्रतिस्पर्धा गर्नेछ । कर्णालीले पहिलो खेल पुष ५ गते कोशी प्रदेशसँग मुलपानीमा खेल्दै सुरुवात गर्नेछ ।
कर्णालीको टोली :
किरण कुमारी कुँवर (कप्तान), अन्जु गुरुङ, बिना थापा, तृर्सना विश्वकर्मा, एन्जिला थापा, रमा विश्वकर्मा, यमुना थारु, निकिता धमला, निलम शाही, बिमला बुढाथोकी, सुराती बुढा, रक्षा खड्का, गौरी बोहरा र करिष्मा शाही ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]