2 years ago
December 18, 2023
काठमाडौं (हाम्रो खेलकुद) – तीव्र गतिकी बलर अश्मिना कर्माचार्यको कप्तानीमा बागमती प्रदेशले बिहीबार देखी काठमाडौंमा सुरु हुने प्रधानमन्त्री कप महिला टि२० राष्ट्रिय प्रतियोगिता खेल्ने टोली घोषणा गरेको छ ।

बागमतीले प्रदेश छनोटसँगै इलिट ट्रफी र नेपाल एपिएफ क्लबसँग तीन खेलको सिरिज खेल्दै अन्तिम टोली घोषणा गरेको छ । घोषणा टोलीमा यसअघिका खेलाडीले नै निरन्तरता पाएका छन् ।
बागमतीको टोलीमा अश्मिनासँगै सोनी पाख्रिन, कन्चन श्रेष्ठ र खुशी डंगोल नेपाली टोलीबाट खेलेका खेलाडी छन् । त्यस्तै नेपाली टोलीमा परि सकेकी स्पिनर मनिषा उपाध्याय पनि टोलीमा छिन् ।
बागमतीले चार जिल्लाबीच प्रदेश छनोट खेलेको थियो । त्यहाँ राम्रो गर्ने खेलाडीबाट तीन टोलीबीच बागमती इलिट ट्रफी खेलेको थियो । नेपाल एपिएफ क्लबसँग तीन खेलको टि२० सिरिज पनि खेलेको थियो ।
पिएमकप महिला पुष ५ देखी १७ गतेसम्म मुलपानी र टियु क्रिकेट मैदानमा हुनेछ । प्रतियोगितामा ७ प्रदेश र नेपाल एपिएफ क्लबको सहभागीता रहनेछ । पहिलो पटक राउन्ड रोविनको आधारमा खेल हुनेछ । सबै टोलीले एक अर्कासँग खेल्नेछन् । शीर्ष चार टोली प्लेअफमा पुग्नेछन् ।
शीर्ष दुई टोलीले पहिलो क्वालिफायर खेल्नेछन् । विजेता टोली फाइनलमा पुग्दा पराजित हुने टोलीले दोस्रो क्वालिफायर खेल्ने अवसर पाउनेछ । एलिमिनेटरमा तेस्रो र चौथो स्थानमा रहने टोली भिड्नेछन् । एलिमिनेटरको विजेताले पहिलो क्वालिफायरमा पराजित हुने टोलीसँग फाइनलमा पुग्न प्रतिस्पर्धा गर्नेछ ।
बागमती प्रदेशको टोली :
अश्मिना कर्माचार्य (कप्तान), सोनी पाख्रिन, कन्चन श्रेष्ठ, खुशी डंगोल, हेलिसा गुरुङ, अस्मिता खरेल, कृष्मा गुरुङ, संस्कृति फुँयाल, सलिना सिलवाल, सबिका कुमारी यादव, यशोदा विष्ट, विपिशा शाही, मनिषा उपाध्याय र यशु पाण्डे ।
वैकल्पिक खेलाडी : सुजिता थापा, एली यादव, अनिशा मजाकोटी र लक्ष्मी माया रुम्बा ।
प्रशिक्षक : सुधिर कुमार महर्जन
टिम व्यवस्थापक : निरा राजोपाध्याय
प्राविधिक विश्लेषक : राजन शाह
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]