default_image

2 years ago

December 19, 2023

हेडलाई हैदराबादको ११ करोड, ब्रुक दिल्ली पुगे

3427 views

0 Bookmark

एजेन्सी – सनराइजर्स हैदराबादले अष्ट्रेलियाका आक्रामक ब्याटर ट्रविस हेडलाई इन्डियन प्रिमियर लिग (आइपिएल) २०२४ को अक्सनमा ६ करोड ८० लाख भारु ( १० करोड ८५ लाख रुपैयाँ) मा किनेको छ ।

ट्रविस हेडले न्यूनतम २ करोड राखेका थिए । उनलाई किन्न सनराइजर्स हैदराबादले मूल्य लगाएको थियो । चेन्नई पछि मूल्य लगाएपछि मूल्य बढेको थियो । चेन्नई र हैदराबादले अक्सनमा निरन्तर प्रतिस्पर्धा गरेका थिए । ६ करोड ८० लाखमा गएर चेन्नईले छाडेको थियो । हैदराबादले उक्त मूल्यमा पाएको हो ।

अष्ट्रेलियालाई विश्वकप जिताउन हेडले अघिल्लो महिना फाइनलमा घरेलु टोली भारतविरुद्ध सानदार शतक हानेका थिए । हेडले ओपनिङ र मध्यक्रम दुबैमा आक्रामक ब्याटिङ गर्नुको साथै स्पिन बलिङ गर्ने गर्दछन् ।

रोभम्यान पावेल

वेस्ट इन्डिजका आक्रामक ब्याटर रोभम्यान पावेलले न्यूनतम मूल्य १ करोड राखेका थिए । कोलकाता नाइट राइडर्स र राजस्थान रोयल्सबीच सुरुवातमा प्रतिस्पर्धा भएको थियो । यी दुई टोलीको निरन्तर प्रतिस्पर्धाले उनले महँगो मूल्य पाएका हुन् । उनलाई दिल्ली क्यापिटल्सले फुकुवा गरेको थियो ।

ह्यारी ब्रुक

ह्यारी ब्रुकले न्यूनतम २ करोड मूल्य राखेका थिए । दिल्लीले सुरुवातमा र त्यसपछि राजस्थानले मूल्य लगाएको थियो । दिल्लीले ह्यारी ब्रुकलाई ४ करोड भारुमा किनेको छ । ब्रुकलाई गतवर्ष अक्सनमा हैदराबादले १३ करोड २५ लाख भारुमा किनेको थियो । ब्रुकले मध्यक्रम र शीर्षक्रममा राम्रो खेल्ने गर्दछन् ।

दक्षिण अफ्रिका राइली रोसोउ भने न्यूनतम २ करोड भारुमा अनसोल्ड भएका छन् ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.