default_image

7 months ago

December 19, 2023

स्टिभ स्मिथ आइपिएलमा अनसोल्ड, हेड र पावेललाई महँगो मूल्य

2044 views

0 Bookmark

एजेन्सी – अष्ट्रेलियाका स्टार ब्याटर स्टिम स्मिथ इन्डियन प्रिमियर लिग (आइपिएल) २०२४ को अक्सनमा अनसोल्ड भएका छन् । न्यूनतम २ करोड भारु मूल्य राखेका उनलाई कुनैपनि टोलीले मूल्य लगाउन सकेनन् । अव अन्तिम समयमा कुनै टोलीले किनेको खण्डमा उनले न्यूनतम मूल्यमा खेल्नु पर्ने हुन्छ ।

ट्रविस हेड ६ करोड ८० लाख भारुमा सनराइजर्स हैदराबाद पुगेका छन् । उनले अक्सनमा न्यूनतम २ करोड राखेका थिए । उनलाई किन्न सनराइजर्स हैदराबादले मूल्य लगाएको थियो । चेन्नई पछि मूल्य लगाएपछि मूल्य बढेको थियो । चेन्नई र हैदराबादले अक्सनमा निरन्तर प्रतिस्पर्धा गरेका थिए । ६ करोड ८० लाखमा गएर चेन्नईले छाडेको थियो । हैदराबादले उक्त मूल्यमा पाएको हो ।

वेस्ट इन्डिजका आक्रामक ब्याटर रोभम्यान पावेललाई राजस्थान रोयल्सले ७ करोड ४० लाख भारुमा किनेको छ । न्यूनतम मूल्य १ करोड राखेका थिए । कोलकाता नाइट राइडर्स र राजस्थान रोयल्सबीच सुरुवातमा प्रतिस्पर्धा भएको थियो । यी दुई टोलीको निरन्तर प्रतिस्पर्धाले उनले महँगो मूल्य पाएका हुन् । उनलाई दिल्ली क्यापिटल्सले फुकुवा गरेको थियो ।

इंग्ल्यान्डका युवा ब्याटर ह्यारी ब्रुक ४ करोड भारुमा दिल्ली पुगेका छन् । उनले न्यूनतम २ करोड मूल्य राखेका थिए । दिल्लीले सुरुवातमा र त्यसपछि राजस्थानले मूल्य लगाएको थियो । ब्रुकलाई गतवर्ष अक्सनमा हैदराबादले १३ करोड २५ लाख भारुमा किनेको थियो । ब्रुकले मध्यक्रम र शीर्षक्रममा राम्रो खेल्ने गर्दछन् ।

दक्षिण अफ्रिका राइली रोसोउ भने न्यूनतम २ करोड भारुमा अनसोल्ड भएका छन् । अष्ट्रेलिया स्टिभ स्मिथ २ करोड भारुमा अनसोल्ड भएका छन् । भारतीय ब्याटर करुण नायर र मनिष पाण्डेले न्यूनतम ५० लाख भारु राख्दा अनसोल्ड भएका हुन् ।

July 23, 2024

भारतविरुद्ध फराकिलो हारसँगै नेपाल एशिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद) – भारत विरुद्ध फराकिलो हार बेहोर्दै नेपाल एसिसि एशिया कप २०२४ बाट बाहिरिएको छ । भारत विरुद्ध ८२ रनले पराजित भएसँगै नेपाल एशिया कपबाट औपचारिक रूपमा बाहिरिएको हो । १ सय ७९ रनको विशाल लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ९६ रन मात्र बनाउन सक्यो । नेपालका लागि सिता […]

July 23, 2024

नेपाललाई भारतविरुद्ध विशाल लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – एसिसि महिला एशिया कप २०२४ अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले भारत विरुद्ध विशाल लक्ष्य पाएको छ । नेपालले भारत विरुद्ध १ सय ७९ रनको लक्ष्य पाएको हो । दाम्बुलामा टस जितेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १ सय ७८ रन बनाएको हो । भारतका लागि […]

July 23, 2024

नेपालले भारत विरुद्ध पहिला बलिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद) – एसिसी महिला एशिया २०२४ अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले भारत विरुद्ध पहिला बलिङ गर्ने भएको छ । श्रीलंका स्थित दाम्बुला स्टेडियममा भारतका लागि आज कप्तानी गरिरहेकी स्मृति मान्धनाले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको हुन् । नेपालले पाकिस्तान विरुद्ध हार बेहोरेको टोलीमा दुई परिवर्तन गरेको छ । रोमा थापा र […]

Success

Thank you for your time.