default_image

7 months ago

December 19, 2023

जोशेफलाई बेंगलोरको १८ करोड

1381 views

0 Bookmark

एजेन्सी – रोयल च्यालेन्जर्स बेंगलोरले इन्डियन प्रिमियर लिग(आइपिएल) २०२४ को अक्सनमा वेस्टइन्डिजका तीव्र गतिका बलिङ अलराउन्डर अल्जारी जोशेफलाई ११ करोड ५० लाख भारु ( १८ करोड नेपाली रुपैयाँ) मा किनेको छ ।

न्यूनतम मूल्य २ करोड राखेका जोशेफलाई सुरुवातमा चेन्नई र दिल्लीबीच प्रतिस्पर्धा भएको थियो । त्यसपछि लखनऊ ३ करोड २० लाखबाट मूल्य लगाउन सुरु गरेको थियो । बेंगलोरले ६ करोड ८० लाखबाट मूल्य लगाउन सुरु गरेको थियो । लखनऊ र बेंगलोरबीच प्रतिस्पर्धा हुँदा उनले महँगो मूल्य पाएका हुन् ।

२०१९ मा जोशेफले मुम्बई इन्डियन्सबाट आइपिएलमा डेब्यू गर्दै हैदराबादविरुद्ध ६ विकेट लिएका थिए । उनले तीव्र गतिसँगै तल्लोक्रममा राम्रो ब्याटिङको क्षमता राख्ने गर्दछन् । त्यसैको कारण बेंगलोरले उनलाई महँगो मूल्य खर्चिएको हो ।

चेन्नई सुपर किंग्ले न्युजिल्यान्डका डर्याल मिचेललाई १४ करोड भारुमा किनेको छ । त्यस्तै उमेश यादवलाई गुजरातले ५ करोड ८० लाख भारुमा किनेको छ । चेतन सकारियालाई कोलकाताले ५० लाख भारुमा किनेकोछ ।

चेन्नईले न्युजिल्यान्डका अलराउन्डर रचिन रविन्द्रलाई १ करोड ८० लाख भारुमा किनेको थियो । भारतीय तीव्र गतिका बलर हर्षल पटेल ११ करोड ७५ लाख भारु(झन्डै १९ करोड नेपाली रुपैयाँ) मा पन्जाब किंग्स पुगेका छन् ।

सनराइजर्स हैदराबादले प्याट कमिन्सलाई आइपिएल इतिहासकै सर्वाधिक मूल्य २० करोड ५० लाख भारु( झन्डै ३३ करोड) नेपाली रुपैयाँमा किनेको छ ।

यो आइपिएल अक्सनमा पाएको सर्वाधिक मूल्य हो । यसअघि गतवर्ष पन्जाब किंग्सले साम करनलाई १८ करोड ५० लाख भारुमा किनेको थियो ।

अफगानिस्तानका युवा अलराउन्डर आजमतुल्लाह ओमरजाईलाई गुजरात टाइटन्सले ५० लाख न्यूनतम मूल्यमा किनेको छ । चेन्नई सुपर किंग्सले न्युजिल्यान्डका अलराउन्डर रचिन रविन्द्रलाई १ करोड ८० लाख भारु र भारतीय अलराउन्डर शार्दुल ठाकुरलाई ४ करोड भारुमा किनेको छ ।

मुम्बई इन्डियन्सले दक्षिण अफ्रिकाका तीव्र गतिका बलर जेराल्ड कोट्जीलाई ५ करोड भारुमा किनेको छ ।
वानिन्दु हसरंगा न्यूनतम १ करोड ५० लाख भारु हैदराबाद पुगेका छन् । ट्रविस हेड ६ करोड ८० लाख भारुमा सनराइजर्स हैदराबाद पुगेका छन् । वेस्ट इन्डिजका आक्रामक ब्याटर रोभम्यान पावेललाई राजस्थान रोयल्सले ७ करोड ४० लाख भारुमा किनेको छ । इंग्ल्यान्डका युवा ब्याटर ह्यारी ब्रुक ४ करोड भारुमा दिल्ली पुगेका छन् ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.