default_image

7 months ago

December 19, 2023

कीर्तिमानी ४० करोडमा बिके स्टार्क

5521 views

0 Bookmark

एजेन्सी – अष्ट्रेलियाका तीव्र गतिका बलर मिचेल स्टार्क इन्डियन प्रिमियर लिग(आइपिएल) २०२४ को अक्सनमा कीर्तिमानी मूल्यमा कोलकाता पुगेका छन् । कोलकाताले स्टार्कलाई २४ करोड ७५ लाख भारु झन्डै ४० करोड नेपाली रुपैयाँ (३९ करोड ४६ लाख ९४ हजार) मा किनेको हो ।

यो आइपिएल इतिहासमा कुनैपनि खेलाडीले पाएको सर्वाधिक मूल्य हो । यसअघि एक घण्टा अघि मात्रै सनराइजर्स हैदराबादले प्याट कमिन्सलाई २० करोड ५० लाख भारु ( झन्डै ३३ करोड) नेपाली रुपैयाँमा किनेको थियो ।

जुन आइपिएल इतिहासकै सर्वाधिक मूल्य थियो । कमिन्स अघि गतवर्ष पन्जाब किंग्सले साम करनलाई १८ करोड ५० लाख भारुमा किनेको थियो । स्टार्कले कमिन्सको कीर्तिमान तोड्दै इतिहासमै सर्वाधिक मूल्य पाएका हुन् ।

स्टार्कले अक्सनमा न्यूनतम २ करोड भारु राखेका थिए । सुरुवातमा दिल्ली र मुम्बईबीच प्रतिस्पर्धा भएको थियो । ९ करोड ६० लाखपछि दिल्लीले मूल्य लगाउन छाडेको थियो । त्यसपछि कोलकाताले मूल्य लगाएको थियो । त्यसपछि गुजरात पनि थएिको थियो । ९ करोड ६० लाखपछि दिल्ली र मुम्बई दुबै पछि हटेका थिए ।

त्यसपछि गुजरात र कोलकाताबीच अक्सनमा प्रतिस्पर्धा भएको थियो । त्यसपछि लगातार प्रतिस्पर्धा हुँदा २४ करोड कटेको थियो । २४ करोड ५० लाख सम्म गुजरातले मूल्य लगाएको थियो । तर त्यसपछि गुजरात पछि हटेको थियो ।

स्टार्क बिग म्याच प्लेयर हुन् । उनको स्वींग, गति र योर्करको सामना गर्न कुनै पनि विपक्षी ब्याटरलाई सहज हुँदैन । २०१५ र २०२३ को एकदिवसीय विश्वकप उपाधि जिताउन स्टार्कको प्रदर्शन महत्वपूर्ण थियो ।

त्यस्तै २०२१ को टि२० विश्वकप जिताउन पनि महत्वपूर्ण प्रदर्शन गरेका थिए । स्टार्कले नयाँ बलका साथ इन स्वींग र डेथ ओभरमा योर्करका साथ विपक्षी ब्याटरलाई कठिनमा पार्दै आएका छन् ।

स्टार्कले २०१४ मा बेंगलोरबाट आइपिएलमा दिल्लीविरुद्ध डेब्यू गरेका थिए । २०१५ पछि स्टार्कले आइपिएल खेलेका छैनन् । स्टार्कलाई २०१८ को अक्सनमा कोलकाताले ९ करोड ४० लाख भारुमा किनेको थियो ।

तर चोटका कारण खेलेका थिएनन् । पछिल्लो केहि वर्ष यता स्टार्कले अक्सनमा आफ्नो नाम नै दिएका थिएनन् । अष्ट्रेलियाको टोली र परिवारलाई समय दिने भन्दै आइपिएल नखेल्ने निर्णय लिएका थिए ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.