default_image

4 months ago

December 19, 2023

आइपिएल अक्सन इतिहासमा सर्वाधिक मूल्य पाउने ६ खेलाडी

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२४ को अक्सनमा अष्ट्रेलियाका तीव्र गतिका बलर मिचेल स्टार्क इतिहासकै सर्वाधिक मूल्य पाउने खेलाडी बने । दुबईमा जारी आइपिएल अक्सनमा स्टार्कलाई कोलकाता नाइट राइडर्सले २४ करोड ७५ लाख भारु रकम खर्चेको हो । आइपिएल २००८ देखी सुरु भएको हो । विश्वको सर्वाधिक सफल र धोनी लिगमा खेलाडी रातारात करोडपति […]

4698 views

0 Bookmark

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२४ को अक्सनमा अष्ट्रेलियाका तीव्र गतिका बलर मिचेल स्टार्क इतिहासकै सर्वाधिक मूल्य पाउने खेलाडी बने । दुबईमा जारी आइपिएल अक्सनमा स्टार्कलाई कोलकाता नाइट राइडर्सले २४ करोड ७५ लाख भारु रकम खर्चेको हो ।

आइपिएल २००८ देखी सुरु भएको हो । विश्वको सर्वाधिक सफल र धोनी लिगमा खेलाडी रातारात करोडपति बन्ने गर्दछन् । आइपिएल अक्सनमा सधैं तीव्र गतिका बलिङ अलराउन्डरले महँगो मूल्य पाएका छन् । हालसम्म सर्वाधिक महँगो मूल्यमा बिक्री भएका पनि तीव्र गतिका बलर नै छन् ।

आइपिएल फ्रेन्चाइज टोलीले तीव्र गतिसँगै अलराउन्डरलाई महँगो मूल्य खर्चिदै आएका छन् । विशेषगरि इंग्लिस खेलाडी पहिलो रोजाईमा पर्दै आएका छन् । आइपिएल इतिहासमा हालसम्म अक्सनमा सर्वाधिक महँगो मूल्य पाउने ६ खेलाडी यस प्रकार छन् ।

१. मिचेल स्टार्क, २४ करोड ७५ लाख भारु – २०२४

अष्ट्रेलियाका तीव्र गतिका बलर मिचेल स्टार्कलाई कोलकाता नाइट राइडर्सले २४ करोड ७५ लाख भारुमा किनेको हो । कुनैपनि खेलाडीले आइपिएलमा पाएको सर्वाधिक मूल्य हो । न्यूनतम २ करोड मूल्य राखेका उनलाई किन्न अक्सनमा बेंगलोर, दिल्ली, मुम्बई, गुजरात र कोलकाताबीच कडा प्रतिस्पर्धा भएको थियो ।

स्टार्क तीव्र गतिसँगै योर्कर, इनस्वींग र बाउन्सरको लागि चिनिन्छन् । विशेषगरि नयाँ बलको साथ उत्कृष्ट बलिङ गर्ने गर्दछन् । प्रतिघण्टा १६०.४ किलोमिटरको गतीमा बलिङ गर्ने क्षमता राख्ने स्टार्क बिग म्याच प्लेयर हुन् । अष्ट्रेलियालाई २०१५ र २०२३ को एकदिवसीय तथा २०२१ को टि२० विश्वकप जिताउन महत्वपूर्ण योगदान दिएका थिए ।

२. प्याट कमिन्स, २० करोड ५० लाख भारु – २०२४

अष्ट्रेलियाका विश्वकप विजेता कप्तान प्याट कमिन्सलाई सनराइजर्स हैदराबादले २० करोड ५० लाख भारुमा किनेको हो । दुबईमा भएको अक्सनमा न्यूनतम २ करोड भारु राखेका कमिन्सलाई किन्न हैदराबाद, बेंगलोर, चेन्नई, पन्जाब र मुम्बईले अक्सनमा भिडेका छन् ।

कमिन्स तीव्र गतिसँगै तल्लोक्रममा उत्कृष्ट ब्याटिङको क्षमता राख्छन् । त्यस्तै अघिल्लो महिना भारतलाई विश्वकपको फाइनलमा हराउन कमिन्सले उत्कृष्ट कप्तानी गरेका थिए । त्यसैको कारण यस पटक अक्सनमा हैदराबादले महँगो मूल्य खर्चिएको हो

३. साम करन, १८ करोड ५० लाख भारु२०२३

इंग्ल्यान्डका अलराउन्डर साम करनलाई २०२३ को अक्सनमा पन्जाब किंग्सले १८ करोड ५० लाख भारुमा किनेको थियो । २०२४ अघि त्यो नै सर्वाधिक मूल्य थियो ।

बायाँ हाते तीव्र गतिका बलर साम करनले २०२२ को टि२० विश्वकप इंग्ल्यान्डलाई जिताउन सानदार बलिङ प्रदर्शन गरेपछि अक्सनमा महँगो मूल्य पाएका थिए । मध्यक्रममा ब्याटिङसँगै तीव्र गतिमा बलिङ गर्ने हुँदा साम करनले अक्सनमा महँगो मूल्य पाएका थिए ।

४. क्यामरन ग्रीन, १७ करोड ५० लाख भारु २०२३

२०२३ को अक्सनमा मुम्बई इन्डियन्सले अष्ट्रेलिया ब्याटिङ अलराउन्डर क्यामरन ग्रीनलाई १७ करोड ५० लाख भारुमा किनेको थियो ।

ग्रीनले ओपनिङ, मध्यक्रम र तल्लोक्रम कुनैपनि स्थानमा विष्फोटक ब्याटिङको क्षमता राख्ने गर्दछन् । त्यस्तै तीव्र गतिमा बलिङ गर्ने हुँदा उनलाई अक्सनमा गतवर्ष धनको वर्षा भएको थियो । त्यो समय अक्सनमा दिल्ली, मुम्बई र बेंगलोरबीच प्रतिस्पर्धा भएको थियो । यस पटक भने खेलाडी ट्रेड मार्फत ग्रीन बेंगलोर पुगेका छन् ।

५. बेन स्टोक्स, १६ करोड २५ लाख भारु – २०२३

वर्तमान विश्व क्रिकेटका प्रमुख अलराउन्डर बेन स्टोक्सलाई २०२३ को अक्सनमा चेन्नई सुपर किंग्सले १६ करोड २५ लाख खर्चेको थियो ।

मध्यक्रममा उत्कृष्ट ब्याटिङसँगै तीव्र गतिमा बलिङ गर्ने बेन स्टोक्सलाई किन्न त्यो समय राजस्थान, लखनऊ, बेंगलोर, चेन्नई र हैदराबादबीच अक्सनमा कडा प्रतिस्पर्धा भएको थियो ।

६. क्रिस मोरिस, १६ करोड २५ लाख भारु – २०२१

दक्षिण अफ्रिकाका तीव्र गतिका बलर क्रिस मोरिसलाई २०२१ को अक्सनमा राजस्थान रोयल्सले १६ करोड २५ लाख भारुमा किनेको थियो ।

तीव्र गतिसँगै उनले तल्लोक्रममा उत्कृष्ट बलिङ प्रदर्शन गर्ने गर्दर्थे । अक्सनमा ७५ लाख न्यूनतम मूल्य राखेका उनलाई किन्न मुम्बई, बेंगलोर, राजस्थान र पन्जाबबीच प्रतिस्पर्धा भएको थियो ।

May 1, 2024

वेस्ट इन्डिज ‘ए’ लाई श्रृंखलामा अग्रता 

काठमाडौँ (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ ले नेपालविरुद्ध जारी टि २० सिरिजको तेस्रो खेलमा जित निकाल्दै श्रृंखलामा अग्रता लिएको छ । पहिलो खेलमा हार बेहोरेको पाहुना टोलीले लगातार दुई खेल जित्दै पाँच खेलको श्रृंखलामा २-१ को अग्रता लिएको हो । बुधवार भएको तेस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ले नेपाललाई ७६ रनले पराजित गर्यो । वेस्ट […]

May 1, 2024

चार्ल्सको शतकमा नेपाललाई विशाल लक्ष्य 

काठमाडौँ (हाम्रो खेलकुद) – ओपनर जोनसन चार्ल्सको शतकीय इनिङको मद्दतमा वेस्ट इन्डिज ‘ए’ ले जारी टि २० सिरिजको तेस्रो खेलमा नेपाल सामू विशाल लक्ष्य पेश गरेको छ । टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २२७ रन बनायो । चार्ल्सले अविजित रहँदै ६१ बलमा […]

May 1, 2024

नेपालले टस हार्यो, दीपेन्द्र कप्तानी गर्दै

काठमाडौं (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ विरुद्ध जारी टि २० सिरिजको तेस्रो खेलमा नेपालले टस हारेको छ । नेपालका लागि दीपेन्द्र सिंह ऐरीले कप्तानी सम्हाल्दै छन् । नियमित कप्तान रोहितलाई आज विश्राम दिइएको छ । वेस्ट इन्डिज ‘ए’ का कप्तान रोस्टन चेजले टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय लिएका छन् । नेपालले आज टोलीमा […]

Success

Thank you for your time.